coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सहिद धर्मभक्तको शालिक निर्माण

काठमाडौं – शहीद धर्मभक्त माथेमाको पूर्णकदको शालिक निर्माण गरिएको छ। सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिफलमा माथेमाको पूर्णकदको शालिक अनावरण गरेका हुन्। तत्कालीन राणा शासकले उनले सिफलमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो।

जनताको स्वतन्त्रता र अधिकारप्राप्तिको संघर्षका क्रममा सहादत प्राप्त गर्ने चार शहीद अहिले पनि हरेक नेपालीको मन–मुटुमा रहेको भन्दै मेयर शाक्यले स्मरणसमेत गरे। वडा नम्बर–७ का अध्यक्ष शुद्धकुमार डंगोलले शालिक निर्माण मात्र नभई शहीदका सम्झनामा विभिन्न कार्यक्रम गर्ने योजना रहेको बताए। करिब १७ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको हो।

प्रकाशित: १४ माघ २०७६ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App