१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

काठमाडौं–दलहरुबीच तीव्र ध्रुवीकरण भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालकाे अाह्वानमा त्रिपक्षीय बैठक बालुवाटारमा जारी छ। स्थानीय तह पुन: संरचना अायाेगकाे प्रतिवेदन, निर्वाचनकाे मिति घाेषणा, र संविधान संशाेधन प्रस्ताव परिमार्जनका विषयका  छलफल केन्द्रित रहेकाे एक नेताले जनाए।। बैठकमा नेपाली कांग्रेस, माअाेवादी केन्द्र र संघीय गठबन्धनका  शीर्ष नेताकाे उपस्थिति रहेकाे छ। दलहरुबीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको बैठक विना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्रीले त्रिपक्षीय बैठक बोलाएका हुन्।

स्थानीय तह पुनः संरचना आयोगले प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँग समय माग गर्दै सोमबार सरकारलाई पत्र लेखेको थियो। जसअनुसार प्रधानमन्त्रीले मंगलबार विहान साँढे दश बजे आयोगका पदाधिकारीलाई बोलाएका थिए। तर प्रधानमन्त्रीको कार्यव्यस्ता भन्दै आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले भेट गरेनन्। दलहरुबीच स्थानीय  चुनावको विषयमा  सहमति जुट्न नसक्दा सरकारले आयोगको प्रतिवेदन बुझ्न मानेको छैन। संविधान अनुसार आयोगको प्रतिवेदन बुझेपनि स्थानीय निकाय स्वतः भंग हुन्छ ।

सत्तासाझेदार नेपाली कांग्रेस पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्नुपर्ने पक्षमा छ भने प्रमुख प्रतिपक्ष एमालेले पहिला संसदको चुनाव गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

यसैगरी बैठकमा निर्वाचनको मिति घोषणा गर्ने विषयमा पनि छलफल हुने बताइएको छ। तर सरकारलाई बाहिरै बसेको समर्थन गरेको मधेसी मोर्चासहित संघीय गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव परिमार्जन गरी अगाडि नबढाएसम्म निर्वाचन हुन नदिने अडान लिएको छ। ‘अहिले संसदमा दर्ता भएको संशोधन प्रस्ताव परिमार्जनसहित अगाडि बढाउनुपर्ने हाम्रो मागमा कुनै परिवर्तन भएको छैन,’ गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘मधेसी मोर्चासहित संघीय गठबन्धनको माग पूरा नभएसम्म मुलुक निर्वाचनमा प्रवेश गर्न सक्दैन।’

 

प्रकाशित: १२ पुस २०७३ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App