coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतले हुवावेको फाइभ–जी नेटवर्क विस्तारका लागि सर्तसहित स्वीकृति दिँदै

लण्डन – लामो समयसम्मको बहसपछि बेलायतले फाइभ–जी नेटवर्क विस्तारका लागि मंगलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गर्नेभएको छ। यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित सामथ्र्यमा बिस्तार गर्नेगरी अनुमति दिइने प्राप्त सूचनाहरूमा उल्लेख गरिएको छ।

‘संयुक्त अधिराज्यले फाइभ–जी नेटवर्क विस्तारसम्बन्धी महŒवपूर्ण निर्णय लिएको छ,’ संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले ट्विट गरेका छन्। फाइभ–जी नेटवर्क विस्तारका विषयमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन हुवावेलाई पूर्णरूपमा पाखा लगाउन वासिंटनले गरेको आग्रह र निरन्तर दबाबबीच यो निर्णय आएको हो।

तर, बेलायतका वरिष्ठ अधिकारीले हुवावेको सेवा विस्तारका लागि सकारात्मक संकेत दिएका थिए भने बेलायती फाइनान्सियल टाइम्सले गत हप्ताको अन्त्यमा यसबारे सार्वजनिक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री जोनसनले मंगलबार हुवावेमाथिको प्रतिबन्धित भूमिकालाई ‘स्वीकृति दिने अपेक्षा गरिएको’ समाचार प्रकाशित गरेको थियो।

आर्थिक दैनिकले बेलायती मन्त्रीहरूले हुवावेको बजार हिस्सामा नियन्त्रणको नीति लिइने बताएका थिए। यसबीचमा बेलायतले हुवावेलाई फाइभ–जीका सहायक प्रविधिजन्य एन्टेना र आधार स्टेसनहरूलाई पोल तथा छानाहरूमा जोड्न नदिनेजस्ता स्वतन्त्र तर व्यापक अनुमानहरू गरिएका थिए।

संयुक्त राज्य अमेरिकाले हुवावेको नियन्त्रण बेइजिङसँग रहने भन्दै उसको नयाँ पुस्ताको फाइभ–जी मोबाइल नेटवर्कहरूलाई विस्तार गर्ने विषयमा चासो व्यक्त गर्दै कडारूपमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो।

अमेरिकी दूतावासमा रकेट आक्रमण
बग्दाद, माघ १२ (बीबीसी) – इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीन वटा रकेट प्रहार भएको छ। फ्रान्सको समाचार संस्था एएफपीका अनुसार एउटा रकेट आक्रमण कर्मचारीहरूले खाना खाने स्थलमा भएको थियो भने अन्य दुई रकेट दूतावास भवनको केही टाढा खसेका थिए।

बेलायती समाचार संस्था रोयटर्सलाई इराकी सुरक्षा स्रोतले दिएको जानकारीमा आक्रमणमा तीन जना घाइते भएका बताइएको छ। आक्रमणको जिम्मेवारी सोमबार मध्यान्ह्सम्म कुनै समूहले लिएको छैन। इराकमा हुने आक्रमणहरूलाई अमेरिकाले विगतमा इराकस्थित इरानबाट समर्थनप्राप्त सैन्य समूहहरूमाथि आरोप लगाउने गरेको थियो।

अमेरिकी राष्ट्रपतिले ट्रम्पले केही समयपहिले आफ्ना चारवटा दूतावास इरानी निसानामा रहेका बताएका थिए। यसैबीच अमेरिकी विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा इरान समर्थित सशस्त्र समूहबाट खतरा भएको उल्लेख गरेको छ। तर, आक्रमणमा भएको क्षतिका बारेमा कुनै जानकारी दिइएको छैन।

यसैबीच इराकी प्रधानमन्त्रीले अमेरिकी दूतावास लक्षित रकेट आक्रमण निन्दा गरेका छन्। अदेल अब्दुल महदीले यस्ता घटनाहरूको निरन्तरताले इराकलाई लडाइँको मैदान बनाउन सक्ने बताए। अमेरिकी विदेश मन्त्रालयले आफ्ना कूटनीतिक सेवाको सुरक्षाको निम्ति इराकको सरकारलाई दायित्व पूरा गर्न आग्रह गरेको जनाएको छ।

बग्दादको सुरक्षित मानिने ग्रीन जोन वा अन्तर्राष्ट्रिय निकायहरू भएका क्षेत्रमा रकेट आक्रमण भइरहने गरेको थियो। तर, रकेटको निसानामा अमेरिकी दूतावास परेको लामो समयपछि यो पहिलो घटना हो। केही समययता इराकमा भएका आक्रमणहरूमा अमेरिकाले आतंकवादी घोषणा गरेको इराकी सिया समुदायको एक विद्रोही समूह र इरानले दूतावास वा अमेरिकी सेना तैनाथ इराकी सैन्य शिविरहरूलाई निसाना बनाएका छन्। विगत केही हप्तादेखि चुलिएको इरान र अमेरिकाबीच तनावमा इराक पनि तानिएको छ।

शनिवार इराकी सुरक्षाकर्मीहरूले बग्दादमा भ्रष्टचार तथा सरकारविरोधी प्रदर्शनकारीहरूका पाल जलाइदिएका थिए।
इराकका शक्तिशाली शिया नेता मोक्तदा अल–सद्रले अमेरिकी सेनालाई इराक छाड्न दबाव दिने उद्देश्यले अमेरिकाविरोधी प्रदर्शनहरू आयोजना गरेका छन्।

जनवरी ३ मा इरानका एक सैन्य नेता कासिम सुलेमानीको बग्दाद विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा मृत्यु भएपछि मोक्तदा अल–सद्रले समर्थकहरूलाई अमेरिकालक्षित विरोध होमिन आह्वान गरेका थिए। त्यसअघि उनीहरू सरकारविरुद्ध प्रदर्शनमा थिए। प्रदर्शनकारीहरू सरकारविरोधी धर्नाबाट शनिबार फर्किएका थिए।

प्रकाशित: १४ माघ २०७६ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App