७ वैशाख २०८१ शुक्रबार
खेल

नाडालको विजयात्रा जारी

मेलबर्न – निक किर्गियोगलाई स्तब्ध बनाउँदै राफाइल नाडाल अस्ट्रेलिया ओपन क्वार्टरफाइनलमा पुगेसँगै रोजर फेडेररको कीर्तिमानी ग्रान्ड स्लाम उपाधिलाई बराबरी गर्ने लक्ष्य जारी राखेका छन्। गत वर्ष आफूमाथि निकै आलोचना गरेका अस्ट्रेलियन प्रतिद्वन्द्वी निकलाई हराउँदै स्पेनिस स्टार नाडालले अन्तिम आठमा स्थान बनाएका हुन्। निकै प्रतिस्पर्धा बनेको खेलमा विश्व नम्बर एकसमेत रहेका नाडालले निकलाई ६–३, ३–६, ७–६(८÷६) र ७–६(७÷४) ले पराजित गरे।

बास्केटबलका महान् खेलाडी कोबे ब्रायन्टलाई विश्व टेनिसका स्टारले शोक व्यक्त गरेको दिनमा निकसँगै १५ वर्षीया कोको गउफले आफ्नो महिला डबलको प्रशिक्षणका क्रममा श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। रोड लाभेर एरिनामा निकले भने कोबे ब्रायन्टको पूर्वक्लब एलए लकर्सको जर्सी लगाएका थिए। सर्वाधिक २४ ग्रान्ड स्लाम च्याम्पियन मार्गरेट कोर्टलाई सम्मानित गरेको दिन उनी रुष्ट देखिएकी थिइन्।

सोही दिन निक र नाडालबीचको खेलपश्चात् पनि केही गर्मागर्मी हुने आंकलन गरिए पनि दिन यसपटक सामान्य अवस्था रह्यो। खेलअवधिभर नाडालका हरेक चुनौतीमा कडा रूपमा प्रस्तुत भएका निक खेल सम्पन्नपश्चात् हात मिलाउने क्रममा केही नरम मुद्रामा देखिएका थिए।

जसले पछिल्लो वर्ष यी दुईबीचको तनावपूर्ण सम्बन्ध बिर्र्सिएको अवस्था देखिएको थियो। ‘जब उनले (निक) आजको खेलशैलीअनुरूप सकारात्मक स्वभाव देखाउँछन् भने उनले खेलक्षेत्रलाई धेरै योगदान दिन सक्नेछन्। उनी यस टुर्समा निकै प्रतिभावान् खेलाडी हुन्। प्रतियोगिता अवधिभर उनको खेलशैली निकै राम्रो छ,’ स्पेनिस स्टार नाडालले भने। १९औं पटक ग्रान्ड स्लाम च्याम्पियन नाडालले क्वार्टरफाइनलमा अस्ट्रियाका डोमिनिक थिमविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

डोमिनिक गत दुई संस्करणको फ्रेन्च ओपनको फाइनलमा नाडालसँगै स्तब्ध भएका थिए। यस पटक क्ले कोर्टका बादशाह नाडाल रोजर फेडेररको २०औं ग्रान्ड स्लाम कीर्तिमानलाई बराबर गर्ने लक्ष्यमा छन्। नाडाल क्वार्टरफाइनल पुगेसँगै पुरुषतर्पm क्वार्टरफाइनल समीकरण पूरा भएको थियो। त्यसअघि स्विस स्टार स्टान वावरिंकाले विश्व नम्बर पाँच ड्यानिल मेदभेदेभलाई ६–२,२–६, ७–६(७–२) र ६–२ ले हराए। वावरिंकाले क्वार्टरफाइनलमा जर्मनीका एलेक्जेन्डर जेरेभविरुद्ध खेल्नेछन्। जेरेभले भने आन्द्रे रुब्लेभलाई ६–४, ६–४ र ६–४ ले हराएका थिए।

पुरुषतर्पm अर्को क्वार्टरफाइनलमा रोजर फेडेररले टेनिज सान्डग्रेन तथा नोभाक जोकोभिचले मिलोस राओनिकविरुद्ध खेल्नेछन्। महिलातर्पmका क्वार्टरफाइनलमा अस्ट्रेलियाका एस्लेघ बार्टी र चेक रिपब्लिककी पेत्रा केभितोभा, अमेरिकाकी सोफिया केनिन र ट्युनिसियाकी ओन्स जाबेउर, रोमानियाकी सिमोना हालेफ र इस्टोनियाका एनेट कोन्टाभेइट तथा स्पेनकी गार्बिन मुगुरुजा र रसियाकी एनास्टासिया पाब्ल्युचेनकोभाबीच प्रतिस्पर्धा हुनेछ। 

 

 

प्रकाशित: १४ माघ २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App