६ वैशाख २०८१ बिहीबार
समाज

कलैया बजारको अतिक्रमित सडक पेटी खाली गराइँदै

कलैयाको दही बजार क्षेत्रको सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना खाली गराउँदै प्रजिय पोखरेल र उनीसँग रहेका नगरप्रमुख यादव।

बारा - कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडक पेटीलाई खाली गराउन शुरु गरेको छ। जिल्लाको सदरमुकाम समेत रहेको कलैया बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन एक्साभेटर प्रयोग गर्नुको साथ साथै सुरक्षाकर्मीहरु समेत परिचालन गरिएको कलैया उपमहनगरपालिकाले जनाएको छ।

सडक पेटीलाई अतिक्रमण गरी व्यपारीहरुले पसल सञ्चालन गर्नुका साथै केहीले भौतिक संरचना समेत निर्माण गर्दा बजार क्षेत्र कुरुप देखिएकोे थियो। सडक पेटी अतिक्रमणले गर्दा बजार क्षेत्रको सडकमा सर्वसाधारणलाई हिलडुल गर्न समेत अप्ठयारो हुने गरेको गुनासो आएपछि अतिक्रमण गरिएको सडक पेटीलाई खाली गराउन शुरु गरिएको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताए।

अतिक्रमण गरिएको सडक पेटीलाई खाली गर्नको लागि कलैया उपमहानगरपालिकाले पटक पटक सूचना निकाली जानकारी गराउँदा समेत अतिक्रमणकारीहरुले बजार भित्रको सडक पेटी खाली गर्न नमान्दा जनशक्तिहरु परिचालन गर्नु परेको प्रमुख यादवले बताए।

बिगत लामो समयदेखि नगरपालिकामा जनप्रतिनिधिहरु नभएको अवस्थामा बजार क्षेत्रको सडकहरु आधाभन्दा बढी भागहरुलाई अतिक्रमण गरी व्यपारीहरुले पसल समेत राख्दै आएका थिए। कलैया बजार क्षेत्रको अतिक्रमित  सडक पेटी खाली गराउने कार्यमा नगर प्रमुखको नेतृत्वमा बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेल, बाराका प्रहरी उपरीक्षक विकासराज खनाल समेत खटेका थिए।

जिल्लाको सदरमुकाम समेत रहेका कलैया बजार क्षेत्रको सडक अतिक्रमणले गर्दा बजार नै फोहोर देखिएको र स्वच्छ र सफा बजार  बनाउनको लागि अतिक्रमित सडक पेटी खाली गराउन कलैया उपमहानगरपालिकाको अभियानमा सहयोग गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

मुख्य बजार क्षेत्रको सडक नै अतिक्रमण पर्नु कलैयाको लागि नराम्रो पक्ष रहेको र सडकलाई अतिक्रमण मुक्त बनाउन कार्यमा जन प्रतिनिधी र स्थानीयहरु बढी सक्रिय भएर लाग्नु पर्ने सुझाव पोखरेलले दिए। नागरिक समाजका अध्यक्ष उमेशलाल दासले कलैया बजार क्षेत्रको अतिक्रमणलाई खाली गराउनु राम्रो कुरा भएको बताए। व्यापारी र स्थानियका लागि यो अप्रिय लागे पनि यसले नगरपालिकालाई दिर्घकालिन समयको लागि राम्रो गर्ने दासले दावी गरे।

अतिक्रमण हटाउने कार्यमा बारा उद्योग बाणिज्य संघका सचिव सुरेश साह, वडा अध्यक्षहरु हरिओम साह, जट्टाशंकर सहनी लगाएता सहभागीता रहेको थियो।

प्रकाशित: १३ माघ २०७६ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App