बान कि मुन राष्ट्रपतिका लागि सर्वेक्षणमा अगाडि

मङ्गलबार, १२ पुष २०७३, ११ : ४२ एजेन्सी

सोल–पदावधि समाप्त भएर संयुक्त राष्ट्र संघबाट यही हप्तादेखि नै विदा  लिन लागेका  वर्तमान महासचिव बान कि मुनले निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

संयुक्त राष्ट्र संघमा लगातार दुई पटक गरी दश वर्षसम्म सफलतापूर्वक महासचिव पदको भूमिका निर्वाह गरेका मुनले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् ।

सोलको बहुचर्चित  सर्वेक्षण संस्था रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका २ हजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा उनले अधिकतम अर्थात् २३ दशमलब ३ प्रतिशत मत हासिल गरेका थिए ।  यो अंक यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अंकभन्दा  २ दशमलब ८ प्रतिशतले बढेको देखिएको थियो ।  

गत डिसेम्बर  ९ मा दक्षिण कोरियाली संंसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट बाहिरिनै लागेकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ ।

बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलब ३ प्रतिशत अंक प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अंक छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अंक अघिल्लो सर्वेक्षणमा प्राप्त अंकभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ ।

निवर्तमान राष्ट्रपति पार्क गेयुन हाईपछि राष्ट्रपति पदमा उम्मेदवारी दिन लायक नेताको खडेरी परेपछि बान कि मुन नै सत्तारुढ साएनुरी पार्टीका मतदाताका अन्तिम आशाको केन्द्रविन्दुमा रहेको  पनि जनाइएको छ ।

पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसद्मा सबैभन्दा ठूलो विपक्षी दल – मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अंक हासिल गरेको सर्वेक्षणले देखाएको छ ।

 यसअघिको सर्वेक्षणमा भने मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुने नतिजा सार्वजनिक गरेका थिए ।  बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ ।   







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad