४ वैशाख २०८१ मंगलबार
समाज

एनसेल टावरमा आगजनी

पाल्पा - पाल्पाको बगनासकाली गाउँपालिका–९,बगनासडाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट टावर पूर्णरुपमा क्षति भएको छ। आइतबार बेलुकी पौने १० बजेको समयमा बगनासको टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए।

बोरामा खर राखेर आगो सल्लाएको भेटिएको एसपीजिसीले बताए। आगलागीका कारणटावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएमएन्टेना, ब्याट्रीप्यानल, मिटर बक्स सहित तार पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ। घटना विप्लव नेतृत्वको नेकपाले गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनाको बारेमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७६ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App