७ वैशाख २०८१ शुक्रबार
कला

बलिउडकर्मीलाई पद्मश्री अवार्ड

मुम्बई – भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा बलिउडकर्मीहरू पद्मश्री सम्मानित भएका छन्। नागरिकलाई प्रदान गरिने चौथो ठूलो सम्मानबाट अभिनेत्री कंगना रनावत, एकता कपुर, करन जौहर र अदनान सामीलगायतका बलिउडकर्मीहरू सम्मानित भएका थिए।

अभिनेत्री रनावतले भनेकी छन्, ‘म यो अवार्ड सपना देख्ने सम्पूर्ण महिलाहरूप्रति समर्पित गर्न चाहन्छु।’ अर्का निर्माता करन जौहरले यो सम्मान पाउँदा खुसी भएको उल्लेख गरेका थिए। कलाकारिताको क्षेत्रबाट पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मानबाट सम्मानित गरिएको हो।

गायक अदनान सामीलाई पद्मश्रीबाट सम्मान गरेको भन्दै विरोध गरिएको थियो। उनले पाकिस्तानको नागरिकता त्यागेर भारतीय भएका थिए। पाकिस्तानी नागरिकलाई यो सम्मान दिएको भन्दै हिन्दुवादीहरुले विरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

प्रकाशित: १३ माघ २०७६ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App