coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राष्ट्रिय गजल महोत्सव हुँदै

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा आगामी माघ १५ र १६ मा आयोजना हुने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधित्व गर्ने गजलकारहरू छनोट भएका छन्। प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायका अनुसार प्रतिष्ठानको आयोजनामा प्रदेशगत आधारमा प्रतिनिधि चयन गरी यस वर्ष पहिलो पटक राष्ट्रियस्तरको महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा सहभागी हुने गजल, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिको छनोट पूरा भएको महोत्सवका संयोजक हेमनाथ पौडेलले जानकारी दिए। महोत्सवमा सातै प्रदेशबाट पाँच–पाँच प्रतिनिधि गजलकार साथै काठमाडौं उपत्यकाबाट करीब ४० गरी ७५ प्रतिनिधि गजलकारको सहभागिता रहनेछ।

गजल विधाका जानकार घनेन्द्र ओझाले प्रज्ञा प्रतिष्ठानले नेपाली गजलको मानक निर्माण गर्नसमेत कार्यदल गठन गरी काम अघि बढाउने तयारी गरेकामा खुशी व्यक्त गरे। महोत्सवमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को सार्वजनिक गरिनेछ।

महोत्सवको दोस्रो दिन ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’, ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ बारे कार्यपत्र प्रस्तुत गरिनेछन्। त्यस्तै ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ।

प्रकाशित: १३ माघ २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App