७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

'टेक अफ' लिने क्रममा जेट एयरवेजको विमान दुर्घटना

गोवा— १६१ जना चढेको जेट एयरवेजको एउटा विमान 'टेक अफ' लिने क्रममा दुर्घटना भएको छ। गोवा अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बइका लागि उड्न लाग्दा सो विमान धावनमार्गमै चिप्लिएर निर्धारित स्थानभन्दा पुगेको हो। दुर्घटना मंगलबार बिहान ४:३० बजे भएको हो।

१२ यात्रु घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

९ डब्लु २३७४ सो फ्लाइटमा १५४ यात्रु र ७ चालक दल सदस्य थिए। उनीहरु सबै सुरक्षित रहेको जेट एयरवेजले जनाएको छ। दुर्घटनाको भिडियोमा केही यात्रु सामान्य घाइते भएको देखिएको छ। उनीहरुलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ। १२ यात्रु घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

'सबै पाहुना तथा चालक दल सदस्यलाई सुरक्षित उद्धार गरिएको छ। उद्धारका क्रममा केही यात्रु घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ', जेट एयरवेजले भनेको छ।

धावनमार्गमा विमान चिप्लिएर दुर्घटना भएका कारण गोवा विमानस्थल मध्यान्ह १२ः३० बजेसम्मका लागि बन्द गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App