१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जनप्रेमी मावीलाई उपाधि

फाईनल खेल हेर्दै गरेका दर्शक । तस्बिर: विनोद/नागरिक

दुलेगौँडा (तनहुँ)- जनप्रेमी मावी फिरफिरेले पञ्चमुनीदेव मावी ‘बि’ दुलेगौँडालाई हराउदै राष्ट्रव्यापी विद्यालयस्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ। पञ्चमुनीदेव मावीको स्वर्ण महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको आईतबार भएको फाईनल खेलमा जनप्रेमीले ३–० को सोझो सेटमा पञ्चमूनीदेवलाई पाखा लगाउदै उपाधि रक्षा गरेको हो।

जनप्रेमीले पहिलो सेटमा २५–१९ को सहज जित निकाल्यो। दोस्रो सेटको सुरुवातमा अग्रता लिएको पञ्चमुनीदेवका खेलाडीले अन्तिम समयमा तालमेल नमिलाउँदा २५–२१ को हार भोग्नुपर्‍यो। तेस्रो सेटमा पनि जनप्रेमीले २५–१८ को सहज जित दर्ता गराउँदा घरेलु मैदानमा उपाधि जित्ने दाउमा रहेको पञ्चमुनीदेवलाई हराएको हो।  

उपाधि विजेता जनप्रेमीले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। उपविजेता पञ्चमुनीदेवले ३० हजार रुपैयाँमा सिमित हुनुपर्‍यो।

कास्कीको गोगन मावीले तेस्रो स्थान हासिल गरेको छ। गोगनले शुक्रबार भएको खेलमा छब्दी मावी तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो बनेको हो। गोगनलाई २० हजार रुपैयाँले पुरस्कृत गरिनेछ। विजेतालाई मंगलबार स्वर्ण महोत्सवको मुख्य कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा १६ विद्यालय सहभागी थिए ।
 

प्रकाशित: १२ माघ २०७६ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App