४ वैशाख २०८१ मंगलबार
खेल

रुपन्देही सुपरलिग क्रिकेट: बुटवल–११ विजयी

म्यान अफ द म्याच इशान पाण्डेलार्ई पुस्कृत गर्दै रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्री ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको आइतबार सम्पन्न गु्रप डी अन्तर्गतको खेलमा बुटवल–११, बुटवल विजयी भएको छ। मेलवोर्न क्रिकेट क्लब (एमसीसी) भैरहवालाई ४० रनले पराजित गर्दै बुटवल–११ विजयी भएको हो।

टस जितेर व्याटिङ रोजेको बुटवल–११ ले २६ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन बनाएको थियो। १०७ रनको लक्ष्य पाएको एमसीसीले २३ दशमलव ५ ओभरमा ६६ रन बनाउदै अलआउट भए पछि हार व्योहोर्नु पर्‍यो। जितका लागि बुटवल ११ का इशान पाण्डेले सर्वाधिक ३७ रन, प्रकाश केसीले ३२ र देवेन्द्र सोमरेले १२ रनको योगदान गरे। बलिङमा एमसीसीका सन्तोष यादवले ६, रोशन थामीले ३ र शिव मौर्यले १ विकेट लिए।

जवाफमा खेल्दै एमसीसीका रोशन थामीले सर्वाधिक २३ र इकलाख अहमदले १३ रनको योगदान गरे भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा बुटवल–११ का देवेन्द्र सोमरे तथा एजाज अहमदले ३–३, इशान पाण्डेले २ र राहुल शर्माले १ विकेट लिए। मौसम प्रतिकुलका कारण ३० ओभरमा भएको आईतबारको खेलमा इशान पाण्डे म्यान अफ द म्याच भए। उनलार्ई रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्रीले नगद एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।

सोमबारको खेल बेस्टर्न क्रिकेट क्लब बुटवल र तिरुपति क्रिकेट क्लब भैरहवाबीच बिहान ८ः३० बजे सिद्धार्थ रंगशालामा सुरु हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए। २०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको रुपन्देही प्रिमियर लिगमा २० क्लब प्रतिस्पर्धी रहेका छन्। १२ क्लबबीच लिग चरणको खेल भइरहेको रुपन्देही क्रिकेट संघले जनाएको छ।

विके ज्वेलर्स भैरहवाको सहप्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले ८० हजार नगद, उपविजेताले ४० हजार नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई १५ हजार, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने म्यान अफ द म्याचले १ हजार पाउने छन्।
 

 

प्रकाशित: १२ माघ २०७६ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App