'बल्ने ढुंगा' छ भन्दै ५० लाख लुट्ने गिरोहका ६ पक्राउ

आइतबार, १२ माघ २०७६, १५ : २५ नागरिक

काठमाडौं- विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो। पक्राउ पर्नेमा दाङको पुरन्धारा ९ का स्थानीय बेद बहादुर भनिने भिमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर ७ का नकुर तामाङ र रसुवाको आमाछोदिङ ५ का दावा छिरिङ तामाङ रहेका छन्। त्यसैगरी रामेछापको मन्थली ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगयाका २ का तेन्जिङ बहादुर तामाङ र सोही ठाउँका संजित वाईवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरिय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहका अनुसार उनीहरुले पीडितलाई धारिलो हतियार खुकुरी देखाएर आँखामा खुर्सानीको धुलो छर्की लुटपाटमा गर्ने गरेका थिए।

सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं वडा नम्बर १५ भगवानगाउँ बस्ने बच्चुराम गुरुङलाई बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले बल्ने ढुंगा छ भनि ५० लाख लुटेका थिए। लुटपाटपछि प्रहरीले घर्तीमगरसँगै उनको समूहमा रहेका अन्यको खोजी सुरु गरेको थियो। उनीहरुको साथबाट डकैती गरेको रकम मध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको १ थान मोटरसाइकल, घटनामा संलग्न भएको ३ थान मोटरसाइकल विभिन्न कम्पनीका मोबाइल र एक थान सुनको औठी बरामद गरिएको प्रहरीले जनाएको छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad