७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

बेइजिङ — चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या ५६ पुगेको छ। ग्लोबल टाइम्सकाअनुसार हालै हुवाई प्रान्तमा थप १३ जनाको मृत्यु भएको हाे। हुवाई प्रान्त यो भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो।

पछिल्लो २४ घण्टामा मात्रै ६६८ जनामा यसको संक्रमण देखिएको छ। २ हजार ५ सय ८४ जनालाई उपचारमा राखिएको र २१ हजार ५ सय ५६ जनालाई प्रत्यक्ष निगरानीमा राखिएको समाचारमा जनाइएको छ।

चीनपछि यो भाइरस अन्य देशमा पनि देखिएको छ। कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।

प्रकाशित: १२ माघ २०७६ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App