८ वैशाख २०८१ शनिबार
समाज

कालिकोटमा बस दुर्घटना १२ घाइते

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको मान्म बजार नजिकैको सडकमा दुर्घटना भएको बस ।

कालिकोट–जुम्लाबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। कालिकोटको सदरमुकाम मान्म बजार नजिकै सडकमा  रोकी राखेको बस दुर्घटना भएको हो। कर्णाली यातायातको ना ५ ख १७९९ को यात्रुबाहक बस मंगलबार दुर्घटना भएको हो ।

करिव ३५ जना यात्रु  सवार रहेको बस रोकी रहेको अवस्थामा पछाडि सररे करिव १५ मिटर सडकभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । घाइतको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । घाइते १२ जनाको अवस्था सामान्य रहेको जिल्ला अस्पताल जनाएको छ ।  चालकको लापरवाहीले गर्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App