८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुलीमा माइक्रो बस दुर्घटना, १ को मृत्यु १० घाइते

सिन्धुली- बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङ नजिक आइतबार विहान माइक्रोबस दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ। अन्य १० जना घाईते भएका छन्।

झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रो (हायस) सडकबाट अन्दाजी ३५ फिट तल खस्दा काठमाडौं महानगरपालिका–११ निवासी ३५ बर्षिय गाडी चालक तथा गाडी धनी मोहन महर्जनको घट्नास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।  दुर्घट्नामा परि परी अन्य १० जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाईते सबैको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ। घाईते मध्ये दुई जना अलिगम्भिर रहेका र अरु सामान्य रहेको छन्। तीब्र गतीका कारण हायस दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

 

प्रकाशित: १२ माघ २०७६ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App