coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ब्याजदर कम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडाैँ -अर्थमन्त्री युवराज खतिवडाले बैँक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्न नेपाल राष्ट्र बैँकलाई निर्देशन दिएका छन्।

राष्ट्रिय वाणिज्य बैँकको ५३ औँ वार्षिकोत्सवका अवसरमा बैँक तथा वित्तीय संस्था नाफामुखी मात्र हुँदा व्यवसायी मारमा परेका भन्दै उनले आगामी दिनमा सर्वसाधारणसँग लिने ब्याजदर कम गर्न निर्देशन दिएका हुन्। ‘बैँकिङ प्रणालीमा निक्षेप र कर्जा माग सन्तुलन गर्न सम्पूर्ण बैँक तथा वित्तीय संस्थाले ग्राहकसँग लिँदै आएको ब्याजदर घटाउने र निक्षेपमा बढाउनु पर्छ’ उनले भने, ‘अहिले बैँकहरुबीच नाफा कमाउने प्रतिस्पर्धा चलेको छ तर बैँकले आफ्ना लागि मात्र नभई व्यवसायीको हितका विषयमा पनि सोच्नुपर्ने सयम आएको छ।’

तीन दिनअघि कृषि विकास बैँकको ५३ औँ वार्षिकोत्सवका अवसरमा बैँक तथा वित्तीय संस्थाले २० प्रतिशतसम्म नाफा गरेकाले अहिलेको अवस्थामा १२ देखि १५ प्रतिशतसम्म नाफा पर्याप्त भएको बताएको उनले शुक्रबार राष्ट्रिय वाणिज्य बैँकको वार्षिकोत्सवका अवसरमा पनि सोही कुरा दोह-याएका हुन्। बैँक तथा वित्तीय संस्थाले ब्याजदर कम गरे नगरेको अर्थ मन्त्रालयले अनुगमन समेत गर्ने उनले बताए। त्यसैगरी, उनले बैँक तथा वित्तीय संस्था मर्जरमा जान चाहे सरकारले सहयोग गर्ने बताए।

बैँक तथा वित्तीय संस्था नाफामुखी मात्र हुँदा व्यवसायी मारमा परेकाले आगामी दिनमा सर्वसाधारणसँग लिने ब्याजदर कम गर्न निर्देशन दिएका हुन्।

‘मर्जर अहिलको आवश्यकता हो, बाध्यता होइन्,’ उनले भने, ‘वित्तीय संस्थालाई आर्थिक र प्राविधिक रुपमा बलियो बनाउन मर्जर प्रक्रिया सुरु गरेका हाैँ।’ तर, राष्ट्रिय वाणिज्य बैँक अरु कुनै बैँकसँग मर्ज गर्ने वा अन्य विकल्प रोज्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्री खतिवडाले बताए। सरकारका एजेन्डा जनतासँग पु-याउन एउटा सरकारी बैँक आवश्यक भएकाले यस विषयमा गहन छलफल भइरहेको उनले बताए। राष्ट्र बैँकमा गभर्नरको जिम्मेवारी सम्हाल्दा मुलुकमा बैँक तथा वित्तीय संस्थाको संख्या दुई सय ७० पुगेकामा हाल उक्त संख्या ७५ मा सीमित हुन पुगेको छ। त्यसैगरी, विगत १० वर्षको अवधिमा बैँक तथा वित्तीय संस्थाको पुँजी वृद्धि १० गुणाले वृद्धि भई ५० अर्ब रुपैयाँ पुगेको जानकारी दिए।

राष्ट्रिय वाणिज्य बैँक सरकारी भएकाले आगामी दिनमा बैँकिङ पहुँचमा वृद्धि गर्न शाखा कार्यालयमा जोड दिनुपर्ने उनले बताए। पूर्वाधारका लागि निश्चित ब्याजदर निर्धारण गरी कर्जा जोखिम विविधीकरण गर्न उनले आग्रह गरेका छन्।
त्यसैगरी, मुलुकको बैँकिङ प्रणाली कमजोर भएकाले समय समयमा ह्याकरको निसानामा पर्ने गरेकाले सर्वसाधारणको निक्षेपको सुरक्षाका लागि आवश्यक प्रणाली लागू गर्नुपर्ने बताए। सामाजिक सुरक्षा कोषको करका विषयमा मन्त्री परिषद्मा छलफलका क्रममा रहेको उनले बताए।

सोही अवसरमा बैँकका प्रमख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैँकका कर्मचारीको ठूलो योगदानका कारण १५ वर्षका अवधिमा २२ अर्ब घाटामा रहेको बैँकले २३ अर्ब नाफा गर्न सफल भएको बताए। गत आर्थिक वर्ष ०७५/७६ मा पाँच अर्ब चार करोड नाफा गरेको बताउँदै उनले चालु आवको पुस मसान्तसम्म एक अर्ब ९७ अर्ब निक्षेप संकलन गरेको छाैँ। बैँकको कूल नेटवर्थ २२ अर्ब पुगेको छ। त्यस्तै सोही अवधिमा दुई अर्ब पाँच करोड रुपैयाँ खुद नाफा गरेको उनले बताए। बैँकका हाल दुई सय ३८ वटा शाखा कार्यालय, दुई सय पाँच एटिएम, २८ स्थानमा एक्स्टेन्सन काउन्टर र ९३ शाखारहित बैँकिङ सेवा सञ्चालनमा छन्।

प्रकाशित: १२ माघ २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App