७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुग्यो

बेइजिङ – हालै पत्ता लागेको कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

यो भाइरस सुरुमा पत्ता लागेको चीनको हुबई प्रान्तमा शनिबार थप १५ जनाको मृत्यु भएपछि यो सख्या ४१ पुगेको हो। चिनियाँ नया वर्षको अवसरमा लाखौं मानिस घुमफिर गर्ने भएकाले पनि यो भाइरसका नियन्त्रण गर्न स्वास्थ्य अधिकारीलाई निकै कठिन भएको छ। यो भाइरसको कारण मानिसहरूले क्रैयन उत्सवका कार्यक्रम रद्ध गरेका छन्। हालसम्म यो भाइरसले चीनमा १२ सय जनालाई प्रभावित पारिसकेको छ। चीनमा मात्रै नभई यो भाइरस युरोपसम्म पुगेको छ। हालै फ्रान्समा ३ जनालाई यो भाइरसले संक्रमण गरेको पाइएको छ। यस्तै, इंग्ल्यान्डले पनि हालै हुबई प्रान्तबाट आएका दुई हजार मानिसबारे विशेष निगरानी गरिरहेको छ। यस्तै, अस्ट्रेलियाको सिड्नी र मेलबर्न सहरमा पनि यस्को विस्तार भइसकेको बताएको छ।

केही समयअघिसम्म विज्ञानलाई समेत जानकारी नभएको यो भाइरसले प्रभावित बिरामीलाई श्वासप्रश्वासको समस्या, ज्वरो र खोकी लाग्ने गर्छ। यो बिरामीको खास उपचार छैन। हालै यो भाइरसका कारण हुबई प्रान्तकै एक जना डाक्टरको ज्यान गएको छ। यो संक्रमणका कारण चीनका केही सहर प्राय  ठप्प भएका छन्, जहाँ सार्वजनिक बस, रेल, अन्डरग्राउन्ड फेरी र हवाई यातायातसमेत बन्द गरिएको छ। चीनका प्रमुख सहरमा प्रभावित प्रान्तबाट फर्केर आउनेलाई अन्य मानिसमा यो भाइरस सर्न सक्ने कारणले कम्तीमा १४ दिनसम्म घरभित्रै रहन भनिएको छ।

फ्रान्सका स्वास्थमन्त्री अग्नेस बुजायनले चिनियाँ मुलका ४८ वर्षीय पुरुषको अस्पतालमा उपचार भइरहेको बताएकी छन्। यस्तै, अर्काे बिरामीले हालै चीनको यात्रा गरेको र हाल पेरिसमा उपचार भइरहेको बताइएको छ। यस्तै, शुक्रबार तेस्रो ब्यक्तिमा पनि भाइरसले प्रभावित भएको पाइएको मन्त्री बुजायनले बताइन्। यसैगरी सिगापुर, थाइल्यान्ड, भियतनाम, जापान, ताइबान र दक्षिण कोरियामा केही व्यक्तिलाई यो भाइरसको प्रभाव देखिएको छ। शुक्रवार मात्रै नेपालमा पनि यो भाइरसले एक जनालाई प्रभाव पारेको समाचार सार्वजनिक भएको छ।

विश्व स्वास्थ्य संगठनले यो भाइरसले प्रभावित गरेको जनसंख्या त्यति धेरै नभएकाले यो भाइरसलाई अन्तर्राष्ट्रिय संकटकालको रूपमा व्याख्या गरिसकेको छैन। तर, त्यो सम्भावना रहेको संगठनका डाइरेक्टर डा टेड्रोेस एधानोमले घेव्रेससले बताए।

प्रकाशित: १२ माघ २०७६ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App