६ वैशाख २०८१ बिहीबार
कला

हास्यव्यंग्यकारको सालिक बेवास्ता

काठमाडौं – सडक बिस्तारको क्रममा हास्यव्यंग्यकार भैरव अर्यालको जोरपाटीमा रहेको सालिक र उद्यान भत्काएर माटोले पुरिएपछि भैरव पुरस्कार गुठीले आपत्ति जनाएको छ। विसं २०४६ मा स्थापना भएको गुठीको अग्रतामा तत्कालीन गाउँ विकास समितिको सहयोगमा जोरपाटी चोकको खाली जग्गामा उद्यान र सालिक निर्माण गरिएको थियो।

गाउँ परिषद्को निर्णयअनुसार बनाइएको संरचना भत्काउँदा सालिकमा समेत असर गरेकाले त्यसको संरक्षणका लागि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई ध्यानाकर्षण गराइएको गुठीका सचिव वसन्त रिजालले जानकारी दिए। तत्कालीन गाविसले बगैंचामा मालीको समेत व्यवस्था गरेको थियो।

त्यो व्यवस्थासमेत हटाइँदा बगैंचा फस्टाउन सकेको छैन। बगैंचाले वातावरणीय सन्तुलनमा सहयोग गर्ने भएपनि यसको संरक्षणमा नगरपालिकाको ध्यान जान नसकेको गुठीले जनाएको छ। गुठीको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख चालिसेले बगैंचा र सालिक संरक्षणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। गुठीले अर्यालद्वरा लिखित पुस्तकको प्रकाशन, हाँस्यव्यंग्य र साहित्य क्षेत्र विभिन्न गतिविधि गर्दै आएको छ।

प्रकाशित: १२ माघ २०७६ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App