५ वैशाख २०८१ बुधबार
कला

र्‍यापर पक्राउ

लस एन्जलस – अमेरिकी -यापर वाइजी (केनन ज्याक्सन) चोरीको आरोपमा लस एन्जलसस्थित आफ्नै घरबाट पक्राउ परेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार ग्रामी अवार्डका आयोजकका अनुसार सांगीतिक प्रस्तुति दिने तयारी गरिरहेका उनी चोरीको आरोपमा पक्राउ परेका हुन्।

उनको नामका वारेन्ट जारी भएलगत्तै लस एन्जलसका प्रहरी अधिकारीहरूले घरबाट उनलाई हिरासतमा लिएका थिए। उनलाई दुई लाख ५० हजार अमेरिकी डलर जमानतमा रिहा गरिएको थियो। अधिकारीहरूले तुरून्त पक्राउ गर्नुको थप विवरण सार्वजनिक गरेका छैन्। उनका वकिलले उनको पक्षमा बोलेपनि विवरण खुलाएका छैनन्।

उनीसहित जोन लेजेन्ड र मिक मिललगायत अन्य कलाकारहरूले गत वर्ष गोली प्रहार गरी मारिएका ¥यापर निपसे हुस्लेप्रति समर्पित सांगीतिक कार्यक्रममा प्रस्तुत दिने तय भएको थियो। गत जुलाईमा उनको हलिउड हिल्सस्थित घर एक पैदलयात्रुको हत्याको निम्ति प्रयोग भएको आशंका प्रहरी अधिकारीले गरेका थिए। प्रहरी अधिकारीहरूका अनुसार सो घटनामा उनी संलग्न नभएपनि खोजीको क्रममा उनलाई भेट्न नसकेका थिएनन्।

प्रकाशित: १२ माघ २०७६ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App