७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीयको सहयोगमा प्रहरी भवन

ललितपुर- गत वर्षको भूकम्पले ललितपुर मंगलबजारस्थित प्रहरी प्रभाग बसेको भवन चिराचिरा पर्‍यो। प्रभागले भवन अगाडिको खाली ठाउँमा पाल टाँगेर सेवा दियो। एक वर्ष पालमै गुजि्रएपछि मंगलबजारका स्थानीय, व्यापारी र जावलाखेल प्रहरीले अस्थायी भए पनि भवन बनाउन माग गरे। स्थानीय पनि प्रहरी भवन निर्माणमा सक्रिय भए। भवन निर्माणमा सरकारी निकायबाट रकम निकास नहुने देखिएपछि स्थानीयले पाँच सयदेखि आफूसक्दो सहयोग पनि गरे।

स्थानीयले प्रहरी भवन निर्माणमा आर्थिक सहयोग गर्ने भएपछि ललितपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष अजरमान जोशीले भवनको डिजाइन बनाउन सुरु गरे। ३६ लाख रुपैयाँको स्टिमेटमा आठ महिना अघिदेखि भवन बनाउन सुरु गरे। कसैले इँटा, कसैले बालुवा सहयोग गरेे भने स्थानीयले श्रमदान पनि गरे।

सुरु गरेको आठ महिनामा सम्पन्न भएपछि सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भवनको उद्घाटन गरे।

'स्थानीयले नै प्रहरी भवन बनाइदिएकाले नागरिक र प्रहरीबीचको दूरी झनै नजिकिएको छ, प्रहरीले पनि आफ्नो सेवालाई नागरिक केन्द्रित बनाउनुपर्छ,' अर्यालले भने।

मंगलबजार प्रहरीबिना सम्पदा क्षेत्र सुरक्षित नहुने भन्दै भवन निर्माणका लागि पुरातत्वले जग्गा दिएको पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले बताए। उनले पहिला मंगलबजार प्रहरी प्रभाग नहुँदा सम्पदा क्षेत्रका ऐतिहासिक गरगहना चोरी भएको तर प्रहरी बस्न थालेपछि सम्पदा सुरक्षित रहेको बताए।

भवन निर्माण समिति अध्यक्ष अजरमान जोशीले पहिला प्रहरी र नागरिकको सम्बन्ध टाढा रहे पनि वर्तमान अवस्थामा प्रहरी र नागरिकको सम्बन्ध जोडिएको बताए। 'स्थानीयबाट जुटेको १८ लाख ५० हजार रकमबाट निर्माण कार्य सकिएको छ,' उनले भने, 'हामीले खेर गएको ठाउँलाई सदुपयोग गरेर प्रहरी भवन ठडाएका छौँ, यसलाई सबैको सुरक्षा हुनेछ।'

ललितपुरका एसएसपी पीताम्बर अधिकारीले भवन निर्माणमा स्थानीयले सहयोग गरेको बताए। उद्घाटन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, स्थानीय टोलवासी उद्योगी, व्यापारी लगायत नागरिक समाजको उपस्थित थियो।  म‌गलबजार प्रहरी  प्रभाव प्रमुख  प्रहरी निरीक्षक रेशम बाेहाेराले चाैकी निर्माणले प्रहरीलाइ शान्ति सुरक्षा दिन सहज भएकाे बताए। 

प्रकाशित: १२ पुस २०७३ ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App