coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विकासको नाममा विनाश भयो : पूर्वराष्ट्रपति यादव

भक्तपुर- पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक विनाश गरेर सरकारले देश विकासको नाममा विनाश गरेको बताएका छन्। रविन्द्र पुरी फाउडेशन फर कन्जरभेसनको दशौं वार्षिकोत्वसको शनिबार भक्तपुरमा उद्घाटन गर्दै उनले पर्यावरणमैत्री विकास हुनुपर्ने बताए।

पूर्वराष्ट्रपति यादवले डोजर लगाएर सरकारले देशलाई समाप्त पार्न खोजेको आरोप लगाए। ‘सरकार, स्थानीय सरकारका वडाअध्यक्षलगायतले विकासका नाममा जथाभावी डोजर लगाएर देशलाई खतम बनाए, उनले भने, ‘यही अवस्था रहने हो भने देशका सबै प्राकृतिक श्रोतसाधन समाप्त हुनेछ।’ पूर्वराष्ट्रपति यादवले व्यवस्थापनको क्षमता भएको भए यस्तो नहुने बताए।

उनले स्वर्गीय नेता मदन भण्डारीको नाममा चुरे भई चार लेनको जंगल समाप्त पारी यो सरकारले राजमार्ग बनाउन लागेको भन्दै दुःख व्यक्त गरे। यो सरकारले वनजंगल नष्ट गरेर पानी, भू-क्षयलगायतका सबै समस्या निम्त्याउन खोजेको आरोप लगाए। उनले भू-बनौट नै नष्ट गरेपछि कसरी सम्पदा सुरक्षित रहन सक्छ भनी प्रश्न गरे।

सताब्दी पुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रविन्द्र पुरीले देशलाई ठूलो योगदान पुरयाएको भन्दै पुरीको प्रशंसा गरे। उनले प्राचिन कालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिए। नेपालको मौलिकता, परिचय नभएका ठूलठूला घरहरुको निर्माण हुनु भनेको आत्म नभएको शरीर जस्तो रहेको बताए।

जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पुर्‍याएको योगदानको कदर गरे। कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा, संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा जोड दिए।

कार्यक्रममा संस्थालाई सहयोग गर्ने नौजनालाई सम्मान पत्र दिएको थियो। सम्मानित हुनेहरुमा रेनर व्रुस्त, देवेन्द्र भटराई, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विनोदप्रसाद सत्याल, रमेश शिल्पकार, सुरेन्द्र कोण्डा, घनश्याम खड्का र कर्ण अवाल रहेका थिए। कार्यक्रममा रेड मुन नामको म्यागेजिन पनि विमोचन गरिएको थियो।

 

प्रकाशित: ११ माघ २०७६ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App