coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी - बैतडीको सुर्नया गाउँपालिका–२, सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–६ मनहरा घर भएका २६ वर्षीय चालक दिलकुमार चौधरीको मृत्यु भएको  प्रहरीले बताएको छ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा शुक्रबार राति से२त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । ट्याक्टर सडकबाट २५ मिटर जति तल खसेको बताइएको छ। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

 

प्रकाशित: ११ माघ २०७६ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App