७ वैशाख २०८१ शुक्रबार
समाज

अवैधरूपमा गर्भपतन गराउने महिलासहित दुई पक्राउ

डडेल्धुरा - जिल्ला सदरमुकाम अमरगढीबाट अबैध गर्भपतन गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन्। अमरगढी नगरपालिका–५ बस्ने २२ वर्षीया हरु भनिने हरिना भट्ट र वडा नम्बर ४ तल्लो खलंगा घर भएका ३६ वर्षीय डम्बरबहादुर रावललाई प्रहरीले पक्राउ गरेको हो।

रावल हाल अमरगढी नगरपालिका–५ बागबजार बस्दै आएका थिए। अबैध गर्भपतन गरेको अभियोगमा प्राप्त जाहेरी दरखास्तको आधारमा दुई जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले गर्भपतन सम्बन्धी  कसुरमा मुद्धा दर्ता गरी डडेल्धुरा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।

दुई महिना बढी भएको गर्भ औषधि प्रयोग गरि अवैध रुपमा गर्वपतन गरिएको भन्ने प्राम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। आवश्यक चेकजाँचका लागी डडेल्धुरा रिपोर्ट अस्पताल र प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा पठाइएको उनले बताए।

पर पुरुष संगको अवैध सम्बन्ध बाट गर्भ रहन गएकाले दुवै जनाले अबैध गर्भपतन गराएको प्रहरीले जनयो। गर्भपतन गराउने पुरुष रावल पनि विवाहित हुन भने महिला भट्टको पनि एक छोरा रहेको जनाईएको छ। महिला भट्टका ससुराले किटानी जोहेर गरे पछि उनिहरु दुई जना लाई पक्राउ गरिएको हो। महिला भट्टका श्रीमान नेपाली सेनामा कार्यरत रहेका छन।

महिलाका परिवारले घरको एक कोठामा कपडामा बेरेर राखेको अवस्थामा भ्रुण फेला पेर पछि प्रहरी लाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान पछिको आधारमा रावल माथी उनका ससुराले किटानी जाहेर गरी पक्राउ गरेका प्रहरीले जनायो।

 

प्रकाशित: ११ माघ २०७६ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App