coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ल्होछार लुछालुछ

सोसियो कल्चर रिसर्च सेन्टरका अध्यक्ष तथा तामाङ संस्कृतिका अध्येता - ह्लोछर (ल्होछार) तामाङ राष्ट्र लगायत नेपाली पहाडी तथा हिमाली आदिवासी जनजातिको साझा पर्व हो । विशेषतः तामाङ, गुरुङ    र शेर्पाले मान्दै आएको ह्लोछरको चर्चा बढी नै हुने गर्छ । यिनीहरूले समुदायगत तरिकाले फरक मितिमा मान्ने एउटै ह्लोछर रहेको छ। त्यसो त अन्य हिमाली समुदायले पनि ह्लोछर मनाउँदैनन् भन्ने होइन।

ऐतिहासिक कालदेखिकै यो पर्व चली आएको विभिन्न स्रोतले संकेत गरेका छन्। कुनै समयमा यो निकै सुषुप्त अवस्थामा खुम्चिएको थियो, यसलाई सम्बन्धित समुदायले सामान्य रूपमा लिने    र मनाउने गर्थे। २०४६ को परिवर्तनपछि एकल हिन्दू    राज्य व्यवस्थाको विरोध भयो। विकल्पका खोजीमा समय खर्च गर्न थाले । त्यस्तैमा गोरेबहादुर खपाङ्गी जस्ता नेताले ‘दशैँ बहिष्कार आन्दोलन’ नै चलाए।

दशैँको विकल्पमा प्रायः इत  र समुदायले आफ्नो मौलिक पर्वको खोजी गर्न थाले। त्यस्तो पर्व, जुन दशैँको समयमा नपरोस्। त्यसको एउटैकारण चाहिँ दशैँलाई बहिष्कार गर्न सकियोस् । एकै समयमा फरक पर्व मनाउँदा अन्योलता छाउन सक्छ भन्ने शंका मात्रै थियो। त्यस्तैमा अहिले ह्लोछ    र मान्ने समुदायले ह्लोछरलाई नै दशैँको विकल्पको रूपमा स्थापित गर्न खोजिरहेका छन्।

२०५१ सालमा आइपुग्दा ह्लोछरलाई  राज्यसत्ताले टाँचा लगाइदियो, पर्वमा भनेर बिदा पनि दियो। तामाङ, गुरुङ    र शेर्पाका साथमा सम्पूर्ण हिमाली समुदाय हौसिँदै ह्लोछरको ब्यानरमुनि एकताबद्ध भए । दुर्भाग्य भन्नुपर्छ, खै के मिलेन    र त्यो एकता धेरै टिक्न सकेन। केही वर्षभित्रै तीन टुक्रा हुने गरी फुट्दै गयो। परिणामतः गुरुङले तमु ह्लोछरका लागि तिथि नै पाएन, मितिमा चित्त बुझाउनुप-यो । शेर्पाले आफुहरूलाई तिब्बती  राजसंस्थासँग जोडे र हेर्न थाल्यो । अन्ततः ऊ ग्यल्बो (ग्याल्बो)/ग्यल्पो (ग्याल्पो) ल्होसर भनेर अलग भयो। सबैले सुरुमा दाबी गरेको तिथिलाई तामाङ  राष्ट्रले समातेर बस्यो । यसप्रकार एउटै ह्लोछर अब, तमु, सोनम (सोनाम)  र ग्यल्बोमा विभाजित भयो ।

अर्थ
ह्लोछरको तिथि, मिति विवाद रहँदा रहँदै पनि यसको अर्थमा भने समस्या देखिएन। समुदायगत रूपमा उच्चारण भेदले खासै समस्या पारेन । ‘ह्लो’ अर्थात् ‘वर्ष’ अनि ‘छ र’ वा ‘स र’को अर्थ ‘फेरिनु’ वा एउटा गएर अर्को नयाँ आउनु भन्ने नै  रह्यो । (प्रायःले छार/सार पनि उच्चारण र लेखन गर्छन्) यस प्रकार ‘ह्लोछर/ह्लोसर’को अर्थ ‘नयाँ वर्ष’ नै रह्यो। यसको लेखन क्रममा भने केही फरक स्वरूप देखिए । कोहीले ल्होछार त कोहीले ल्होसार लेखे । एउटा उदाहरण लिऔँ, देवनागरी लिपिको प्रयोग गरिएका कति पुस्तकमा ‘ह्लासा’ लेखिएका पाउँछौँ, त्यसैलाई अचेल ‘ल्हासा’ लेख्छन् । ‘ह्ला’ टाइप गर्न आधुनिक भनिएको कम्प्युरले सकिरहेको छैन । वास्तवमा ‘ह्लासा’ हुनुपर्ने हो । त्यस्तैगरी ‘ल्हो’को सट्टा ‘ह्लो’ लेख्नुपर्ने हुन्छ। ‘छा    र’ वा ‘सा    र’ शब्दमा पनि त्यस्तै समस्या देखिएको छ । भाषाविद्ले नै तामाङ भाषा ‘आकार’ प्रधान भनेर दाबी गर्दै आएका छन् । यो दाबी तामाङ जिब्रो तथा उच्चारणको सही ज्ञान नहुँदाको परिणाम हो । यस प्रकार देवनागरी लिपिमा ‘ह्लोछ    र’ वा ‘ह्लोस    र’ लेख्नु उचित हुने देखिन्छ ।

कहिले ?
‘ह्लो’ (वर्ष) कहिले फेरिन्छ ? यही नै मुख्य विवादको विषय हो। काभ्रेको तेमाल क्षेत्रमा ‘तप ङ्ह्य’ (पुसे पूर्णे)मा फेरिन्छ भन्ने विश्वास पनि पाइएको छ। गुरुङले पुस १५ गते मान्छन् । तामाङले माघ शुक्ल प्रतिपदा    र ग्यल्पो मान्नेले फागुनमा भन्छन् । माघे सङ्क्रान्तिकै दिन ह्लो फिर्छ भन्ने मान्यता अभै हराइसकेको छैन । जसले जे भने वा नभने पनि ह्लोछर चन्द्रपात्रोसँग सम्बन्धित पर्व हो । चन्द्रपात्रोको विविधता साथै अप्राप्यताले ह्लोछरलाई अन्योलताको भूमरीमा फसाएको हो । भन्छन्,    राजनीति लागेपछि सबै बिग्रन थाल्छन्। ह्लोछर मान्नेका बीचमा पनि ‘राजनीति’ले भूमिका खेल्यो । आरोप त यो पनि लगाउँछन्, गुरुङ समुदाय पुस १५ गते ह्लोछ    र भन्दै तात्कालिक    राजा वीरेन्द्र (जसको जन्म दिन पुस १४ थियो)लाई    रिझाउनति    र लाग्यो। शेर्पाचाहिँ तिब्बती ग्यल्पोको मोहमा डुब्यो। तामाङ यता न उता भयो।

ह्लो कहिले फिर्छ होइन, फिर्दो    रहेछ भन्ने खोज्न सक्नुपर्छ। यस प्रकार पुस १५ भन्नु बेतुकको तर्वm हो । यसैभन्दा गुरुङ जस्तो महान्    राष्ट्रमाथि आरोप लगाउने दुष्प्रयास गरेको भन्ने ठान्नु हुँदैन । तथ्य    र औषधि आफुले चाहेजस्तो हुँदो    रहेनछ। आ–आफ्नो ह्लोछारलाई मात्रै महान् देख्ने भुल हामीले गर्नु हुँदैन । अब ह्लोछ    र मान्नेले माघी  र माघे सङ्क्रान्ति मान्ने समुदायलाई पनि सम्बोधन गर्नैपर्छ । यस्तो विषम परिस्थितिका बीच ह्लोछर यो मितिमा फिर्दो    रहेछ भनेर निष्कर्षमा पुग्नु गाह्रो लाग्न सक्छ । थोरै सुझबुझ लगाए सहजताका साथ विवादको समाधान प्राप्त नहुने पनि होइन। मानौँ, बिनाको खोजीमा भौँतारिएको कस्तुरी भएका    रहेछौँ भन्ने ज्ञान हुनेबित्तिकै उत्तर प्राप्त हुनेछ।

यहाँ वसन्त पञ्चमी (माघ शुल्क पञ्चमी/सरस्वती पूजा) मान्ने पनि छन् । सोही दिन झ्यम्बेयङको स्मरण गर्ने पनि छन् । सोही तिथिलाई सीप दिवसका रूपमा महान् पुर्खाले स्थापित गरेको देखिन्छ। त्यही दिन गुरु थाप्थे। कपडा    र घुम बुन्ने, हलो बनाउने, बहर दाउने, अक्षर चिनाउने    र औजा    र चलाउने लगायत सीप सिक्थे, सिकाउँथे । गृहस्थदेखि सन्न्याससम्मका लागि चाहिने हरेक सीप सिक्थे। यस प्रकार ‘मेरो गोरुको बाह्रै टक्का’ भन्नुको सट्टा यही तिथिलाई नै ह्लोछरको रूपमा मान्नु उचित हुनेछ । यही नै एउटा साझा तिथि र सरल समाधानको बाटो हुनेछ । यसो गर्नाले हिन्दू धर्मावलम्बीलाई पनि सम्बोधन गरेको ठहरिनेछ । माघी मान्ने थारु लगायत मग रराष्ट्रलाई पनि निम्तो दिन सजिलो हुनेछ । यो निम्तोलाई थारु र मगर    राष्ट्रले अस्वीकार गरिरहनुपर्ने छैन। दिललाई खुला पार्ने हो भने माघे सङ्क्रान्तिकै दिनलाई पनि अस्वीकार गर्नुपर्छ भन्ने छैन ।

यो पनि बुझ्न जरुरी छ कि ‘ह्लो’ फेरिएको अनुभूति घामले दिएर मात्रै पनि हुँदैन, जूनले पनि दिनुपर्छ । यसअघिका पुर्खाले चलाएका बाधेका संस्वृmति, पर्यावरण वा हावापानीले पनि दिनुपर्छ । वसन्तपञ्चमी भनिएको दिन यसकारण ह्लो फेरिएको मान्दा वैज्ञानिक हुन्छ कि, त्यही दिनदेखि पहाडी भेगमा मकै छर्न सुरु गर्ने परम्परा छ । तामाङ भाषामा ‘मकैला छेव    र’ भन्ने गर्छन् । अब वर्षात्पछि बारीमा बाफ उठ्न थाल्छन् । मकै छर्दा कुहिनुको सट्टा उम्रन्छन्। रूख–बिरुवाका पाउलो (पालुवा) पलाउन थाल्छन् । आरु फुल्न थाल्छन् । मकै नेपालको प्रमुख बालीमध्ये एक हो भन्दा फरक पर्दैन । वृषि पात्रोलाई हेर्ने हो भने सबैभन्दा अगाडि छरिने बाली मकै हो। यस्तो दिनको घामजस्तो तथ्यलाई बेवास्ता गर्दै तमु, सोनम    र ग्यल्पो भन्दै कुदे    र समस्या समाधान हुँदैन।

कसको ?
‘ह्लो’ कुनै समुदाय विशेष फरक हुँदैन। कुनै जाति वा समुदायलाई हेरेर घाम वा जूनले विभेद गर्दैनन् । एउटै टोलमा कसैकोमा दिन र कसैकोमा रात पर्दैन । छिमेकीको घरबाट चन्द्रग्रहण देखिँदै गर्दा सोही समयमा अर्को घरबाट सूर्यग्रहण देखिँदैन । त्यसकारण ह्लोछर कुनै जाति, समुदाय वा  राष्ट्र विशेषको पेवा हुनै सत्तैन । तमु ह्लोछर गुरुङको भनेर भव्य रूपमा मान्दै गर्दा तेमाल (काभ्रे)का कतिपय तामाङले ‘पुसे पूर्णे’मा ‘ह्लो’ फि-यो भनेका हुन्छन् । ग्यल्पो ह्लोस    र नेपाली शेर्पा वा अन्य हिमाली समुदायले मान्दै गर्दा अन्य देशमा पनि मान्छन् । झन्, सोनम ह्लोछरको दिनमा चीन लगायत विश्वको थुप्रै देशमा विशेष पर्व मनाउँछन्। यही तथ्यलाई बेवास्ता गर्दै कसैले मेरो मौलिक पहिचानमूलक महान् पर्व भन्छ भने अज्ञानताको पराकाष्ठा मात्रै हो।

विवादित तथ्य
पहिले माघ १ गते मौलिकता अनुसार ह्लोछर मनाउँथे, कुनै समस्या थिएन। त्यस्तो विघ्न धुमधाम पनि थिएन। राज्यसत्ताले २०५१ सालमा मान्यता पनि दिएकै थियो। त्यसको केही वर्षपछि कुन ह्लोछर आधिकारिक भने    र विवाद हुन थाल्यो । तिब्बत (चीन)मा थुप्रै ह्लोछर    रहेछन् । हुँदाहुँदा तमु, सोनम    र ग्यल्पोको अति    रिक्त कोङ्पो पनि देखियो। खासमा १२ ‘ह्लो’सहितको ‘ह्लोखो    र’ हुन्छ । तिनै १२ ह्लोलाई नजरअन्दाज गर्दै तमु, सोनम    र ग्यल्पो भनेर अनावश्यक कुरा उठाउन थालेपछि मितिमा पनि विवाद देखियो। तमु, सोनम र ग्यल्पोको मिति फ रक प-यो। यसले चर्को स्वरूप लियो । एकले अर्कोको पात्रो छैन वा नक्कली पात्रो भन्दै खिसीटुउरी गर्न थाले। केहीले यस्तो तथ्य पनि ल्याए, तिब्बतमा कम्तीमा ६ प्रकारका पात्रो    रहेछन् । पात्रो छैन वा नक्कली भन्नेले एउटा पात्रो समाते र बसेका    रहेछन् । आपूmले समातेको बाहेकका अन्य पाँचवटा पनि छन् भन्ने चाहिँ पत्तै पाएका    रहेनछन्।

चन्द्र कि सूर्यपात्रो भन्ने विवादमा एक पक्षले चन्द्रपात्रो भन्दै छन्, अर्को पक्षलाई सूर्यपात्रो भए सर्वस्व पुगीसरि हुने भयो । अभैm अर्को पक्ष दाबी गर्छ, नेपालमा चन्द्र वा सूर्यपात्रोमध्ये एउटाले मात्रै काम चल्दैन । त्यसकारण यहाँ चन्द्र–सूर्यपात्रोको मिश्रित स्वरूप चाहिन्छ । विवादका कारण कतिपयले आफ्नो ‘ह्लो’ खुट्ट्याउन सकि रहेका छैनन् । पुरानो ‘ह्लो’ नै भेटेको भन्ने हो भने नयाँ पो आइसकेको हो कि ? होइन नयाँ आइसकेको भन्ने हो भने पुरानै पनि थियो कि ? जान्ने हुँ भन्ने एकजनालाई सोध्यो पुरानै ‘ह्लो’मा पर्छ भन्छन् । अर्कोलाई सोध्यो भने नयाँ फि    रिसक्यो भन्छन् । त्यस्तै, सोनम    र ग्यल्पोका बीच महिनाको नाम पनि मिलेन । सोनम तामाङको भन्नेसँग तामाङ मौलिक नाम भेटियो । ग्यल्पो भन्नेले तिब्बती नाम दिएर महिना गन्न सिकेका    रहेछन् । तामाङले दुगु ङ्ह्य भनेर वैशाख पूर्णिमालाई बुद्ध पूर्णिमाको रूपमा मनाउँछन् । ग्यल्पो भन्नेहरूले चाहिँ साकादावा (बुद्धजयन्तीकै रूपमा मनाइने पर्व) भनेर एक महिनापछि जेठमा मनाउँदा    रहेछन्।

ह्लोछ    र कसरी मनाउने भन्नेमा पनि निकै विवाद देखिएको छ । गाउँमा कि टुँडिखेलमा ? घरमा कि गाउँमा ? विदेशमा के गर्ने ? के खाने ? कस्तो लगाउने ? यस्तै अन्योलताबीचै जन्मजात बुद्धिस्ट भने र देखाउनु छ । कसैलाई सुन्दरी प्रतियोगिताको टन्टा छ । कतिलाई    राजनीतिक भाषण दिनु छ । यतिखेरै घर सिँगार्नु भन्ने उर्दी पनि छँदै छ, मौसमले भने मुख धुँदा समेत हैसियत चिनाउँछ ।

कसरी टुक्रियो ?
पहिलोपटक ह्लोछ    र टुक्र्याउने गुरुङ    राष्ट्रका कोही बुज्रुक    रहेछन् भने    र बुझ्न कठिन छैन । त्यसपछि शेर्पाले ग्यल्पो नै पाएपछि तामाङसँग मिले    र बस्नुको औचित्य देखेन । तामाङ बौद्ध महासंघ आएपछि तामाङभित्र सोनम    र ग्यल्पो भन्दै विभाजनको    रेखा झन् बढ्यो । दुई वर्षअघि सोनम ह्लोछ    रमा पनि धाँजा प-यो । एक पक्षले चन्द्रपात्रो पछ्याउँदै ह्लोछ    रको तिथिमिति तय गर्ने प्रयास ग-यो, अर्कोले चन्द्र    र सूर्यपात्रो पात्रोको वर्णसङ्क    र नै सही भन्ने मत छोडेन।

त्यस क्रममा तामाङ घेदुङ लगायत तामाङ संघ–संस्थाले सूर्यपात्रोको आड नलिने घोषणा गर्दै अघि बढे । एउटा इतिहास बोकेको अजितमान तामाङ उपाध्यक्ष भएर पनि घेदुङको निर्णयमा सहमत हुनसक्नुभएन । सूर्यपात्रोको माघ शुक्ल प्रतिपदा भन्दै नेपाल राष्ट्रिय तामाङ घेदुङको कार्यक्रममा सरिक हुन पुग्नुभयो। विवाद हुँदाहुँदै पनि सबैले पाँच दिन बिदा माग्दै थिए।  राज्यसत्ताले एक दिनको बिदा पनि फिर्ता लियो, यसको पनि गम्भीर कारण छ । वास्तवमा  राज्यसत्ताले करिब साढे दुई सय वर्ष लगाए    र हिन्दू मात्रैको दशैँ स्थापित गराएको थियो। ह्लोछर भन्नेले दशैँ बहिष्कार गरेको क्षण सजिलै बिर्सन कहाँ सक्नुर ? पर्खरहेरको ताकमा रहेको सत्ताले पहिले आफुले दिएको बिदा अहिले आफुले फिर्ता खोसेको छ।

कर्तव्य के थियो, भयो के ?
तात्कालिक अग्रज अभियन्ता तथा विद्वान्–विदुषीले आफ्नो काँधमा थपिएको कर्तव्य वा दायित्व बोध गर्न सकेनन्। ह्लोछर पर्वलाई एउटा बृहत् साझाघरको रूपमा स्थापित गराउनुपर्ने थियो । ह्लोछर मान्ने समुदायलाई एकै स्थानमा उभ्याउँदै निरन्तरता दिनसक्नुपथ्र्यो। माघी    र माघे सङ्क्रान्ति मान्नेलाई पनि ह्लोछरको साझाघरमा स्वागत गर्न सक्नुपर्ने थियो। त्यसो गरेका भए आदिवासी जनजाति भन्नेहरू ह्लोछरको छानामुनि एकताबद्ध हुने वातावरण बन्ने थियो।

परिणामतः ह्लोछरमा टुँडिखेल मात्रै होइन, काठमाडौं उपत्यका ठप्प हुने थियो। गाउँगाउँमा ह्लोछरको    रौनकता थपिने थियो । ताम्सालिङ    र तमुवान मात्रै होइन, थरुहट र मगरात पनि पर्वमय हुने थिए । पहिचानको आन्दोलनका लागि व्यापक ऊर्जा उत्सर्जन हुने थियो। दुर्भाग्यपूर्ण भन्नुपर्छ, साझाघरको रूपमा स्थापित गराउँदै लैजानुपर्छ भन्ने सुद्धिबुद्धि नै पलाएन। गुरुङले साझाघ    रबाट एउटा खाँबा लिएर गयो    र पुस १५ भन्दै टुँडिखेलमा ठड्याउने चेष्टा ग-यो। त्यसपछि शेर्पाले ‘ग्यल्पो ह्लोछर’ भन्दै अर्को खाँबो उखेले    र कुद्यो । बाँकी एउटा खाँबो तामाङलाई भालुको कान सावित भयो। दुई भाइले छोडेर गएको रनाहामा सोनम ह्लोछर तामाङको भन्न थालियो । यिनै तथ्यको चिरफार गरिदिन सक्ने समाजशास्त्री तथा मानवशास्त्री पनि देखिएनन् । यसरी आन्तरिक तथ्य अरूका सामु छ्याल्लब्याल्ल गरेर जात्रा देखाउन खोजिएको पनि होइन । तथ्यबोध गराउनका लागि जिरह गरेको मात्रै हो । दुखे दुखोस् भनेर पिलो निचोरेको मात्रै हो।

निष्कर्ष
झगडा    र वैमनष्यताले आशंका मात्रै जन्माउनेछ, विश्वासले आत्मीयता । त्यसैले एउटा दृढ निश्चय गर्नुछ । ह्लोछरलाई कसैले आफ्नो समुदायको मात्रै पेवाका रूपमा हेर्नु हुँदैन । यो कसैको मौलिक पहिचानमूलक पर्व होइन, यो त एउटा महावंशको नासो हो । कुनै जमानामा एक थियौँ भन्ने संकेत हो । साँच्चैको ठूलो साझाघर, सभ्यता र सीपको सङ्गम, ज्ञानको भण्डार र नयाँ निर्माणको जग हो । यसअघि जे भयो, त्यो भइसक्यो। अब नयाँ तरिकाबाट बृहत्त    र स्वरूपमा सोच्नुको विकल्प छैन । त्यसैले नयाँ योजना बनाउन सक्नुपर्छ । पुनः एकपटक सबैलाई एक बिन्दुमा ल्याए    र सहमति गर्न/गराउन सक्नुपर्छ। त्यसपछि सदाका लागि हामी एकै हौँ भन  र नयाँ इतिहास लेखन कार्यको थालनी गर्नुपर्छ।    राज्यसत्ताले पनि शत्रुतापूर्ण व्यवहार गर्नुहुँदैन । यस्तो विभेदपूर्ण व्यवहा    र गर्नेका कुनै न कुनै दिन नयाँ पुस्ताले तस्बिर नै भए पनि टुँडिखेलको रूखमा झुन्ड्याउनेछन् । चैतमा आउने घोडेजात्रामा घोडाको टापले किल्चेर सात तलामुनि सम्म भसाउनेछन्।

त्यसैले दिमागलाई शान्त पार्नुको विकल्प छैन । रिस, राग, द्वेष, इष्र्या, आसक्ति    र विभेद    राख्नु हुँदैन । मनमा    रहेका फोहोर पखाले र सफा बनाउन सक्नुपर्छ। बुद्ध जन्मेको देश भने    र होइन, व्यवहारमा उतारेर देखाउन सक्नुपर्छ । ह्लोछरले बौद्धको अतिरिक्त बोन, बोम्बो, प्रवृतिपूजक, युमा, किरात तथा मस्टोपूजक लगायत धर्मलाई पनि सम्बोधन गर्न सक्नुपर्छ। यसका लागि आउने नयाँ जीवा ह्लो (मुसा वर्ग)ले सबैलाई सद्बुद्धिको ढोका खोलोस् भन्ने हार्दिक शुभकामनासहित धन्यवाद।

प्रकाशित: ११ माघ २०७६ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App