८ वैशाख २०८१ शनिबार
समाज

चिसो बढेसँगै जनजीवन प्रभावित

बर्दिया – यादव कन्स्ट्रक्सन सञ्चालक अशोक यादवले गत शनिबार गुलरिया नगरपालिकाभित्रका विपन्न परिवारलाई चिसो छल्न दुई सय कम्बल वितरण गरे। गुलरिया नगरपालिकाप्रमुख मुक्तिनाथ यादव र मधुवन नगरपालिका नगरप्रमुख कृष्ण केसीले आ–आफ्नो क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गर्दा उनीहरूले केही सुरक्षित महसुस गरे। प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार करिब १५ दिनलाई पुग्नेगरी आठवटा स्थानीय तहसँगको समन्वयमा ग्रामीण र सहर क्षेत्रका चोकचोकमा प्रहरीले दाउरा वितरण गरेको थियो।

लगातार बढिरहेको शीत लहरका कारण चिसो थेग्न नसकेपछि उनीहरू चिसो छल्न भगवानसँग याचना गर्न थालेका छन्। ‘हामीले त चिसो छल्न भगवान्लाई सम्झन थालेका छौं,’ चौगुर्जी गाउँका वृद्ध रामशरण लोधले हिन्दी लवजमा भने, ‘यो जाडोमा बाँचें भने अझै १० वर्ष बाँच्छु, चिसोले मर्ने हो कि भन्ने डर लागिरहेको छ।’ पुस पहिलो सातादेखि सुरु भएको शीतलहर लगातार चलिरहेको उनले सुनाए। ‘पुसदेखि अहिलेसम्म राम्रोसँग घामको मुख देख्न पाइएको छैन,’ उनले भने, ‘यसबिच साता दिनभन्दा बढी पानी प-यो।’ लामो सयमसम्म तापक्रम घट्ने क्रम नरोकिँदा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ। पश्चिम तराईको व्यापारिक केन्द्र बुटवल पश्चिमका अधिकांश तराईका क्षेत्रमा लामो समयदेखि शीतलहर चल्दा जनजीवन प्रभावित बन्दै गएको हो।

चिसोसँगै निमोनिया र रुखाखोकीका बिरामी बढिरहेका छन्। चिसोले बालबालिकामा निमोनिया र वृद्धवृद्धामा रुघाखोकीको समस्या देखिएको बर्दिया जिल्ला अस्पतालका प्रमुख सुभास पाण्डेले बताए। चिसोका कारण आलु उत्पादनमा कमी आउने भएको छ। त्यस्तै हिउँदे बालीलाई पनि नोक्सान पु-याउने कृषि ज्ञान केन्द्रका कमल तामाङले बताए। ‘शीत लहरले तरकारीमा आलु, टमाटर, काउलीमा असर पार्छ,’ उनले भने, ‘शीतलहर सुरु भएपछि तराईका जिल्लामा हिउँदे बालीमा ढुसीको प्रकोपसमेत बढेको छ।’

प्रकाशित: ११ माघ २०७६ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App