८ वैशाख २०८१ शनिबार
समाज

फोहोरबाट बनाइएका सामान प्रदर्शन

भक्तपुर – खेर गएर समस्या हुने वस्तुबाट ससाना विद्यार्थीले तयार पारेका आकर्षक सामानको शुक्रबार भक्तपुरमा प्रदर्शन गरिएको छ। काम नलाग्ने भई सडकमा फाल्नुपर्ने प्लास्टिकलगायत वस्तुबाट विद्यार्थीले बनाएका आकर्षक उपयोगी सामानको एकदिने प्रदर्शनी गरिएको हो। एभरेस्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको सो प्रदर्शनीमा एक हजारभन्दा बढी त्यस्ता सामानहरू रहेका थिए।

विद्यार्थीले बनाएका आकर्षक कोठामा सजाउने पुतली, घरमा लगाउने जुत्ता, फूलहरू, चकटी, झोला, कप, पेन्सिल बक्स, फोटो फ्रेम, ढकनी, फुलदानीलगायत सामानको प्रदर्शनी गरिएको हो। स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले खेर जाने वस्तु बजारमा फाल्नुअगाडि ससाना विद्यार्थीले दसपटक सोचून् भन्ने उद्देश्यले प्रत्येक वर्ष एक पटक प्रदर्शनी गर्दै आएको जनाए। प्रदर्शनी संयोजक एवं शिक्षिका चण्डेश्वरी हाछेथूले प्रदर्शनीमा शिक्षक, अभिभावकको सहयोगमा विद्यार्थीले बनाएका आकर्षक वस्तु रहेको सुनाइन्।

प्रकाशित: ११ माघ २०७६ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App