८ वैशाख २०८१ शनिबार
खेल

नेक्सस कपको उपाधि आयोजकलाई

काठमाडाैँ – नेक्सस कप ट्वान्टी–२० क्रिकेट कपको उपाधि आयोजक नेक्सस क्रिकेट एकेडेमीले जितेको छ। क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) लाई ६४ रनले हराउँदै नेक्ससले उपाधि जितेको हो। नेक्ससले एक लाख ११ हजार र उपविजेता केसिटिसीले ७५ हजार रुपैयाँ हात पा-यो।

१ सय ५६ रनको लक्ष्य पछ्याएको केसिटिसीले ८ विकेटको क्षतीमा ९२ रन मात्र जोडेपछि आयोजकले फराकिलो अन्तरले जित निकाल्न सफल भयो। प्रतियोतामा म्यान अफ दी सिरिज नेक्ससका विशाल केसी घोषित भए भने बेष्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका विशाल पटेल र बेष्ट ब्याट्सम्यान ग्रेट हिमालयनकै दीपक बोहोरा घोषित भए। उदियमान खेलाडी देउखुरी क्रिकेट एकेडेमीका जीवन खनाल चयन भए।

प्रकाशित: ११ माघ २०७६ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App