coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

न्यु समिटको विजयी सुरुआत

काठमाडौं – न्यु समिट कलेजले प्रथम लुम्बिनी कप फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमीको फुटसल मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा आयोजक लुम्बिनी ‘ए’ लाई २–१ ले स्तब्ध बनाउँदै न्यु समिटले विजयी सुरुआत गरेको हो। शुक्रबारका अन्य खेलमा साइपलले ह्वाइट हाउसलाई १–०, रोयल्टीले भेनसलाई १–० र विट्स लिबर्टीलाई २–१ ले हराए।

गणेश एकेडेमी,  इसाइट ‘बी’, टाइम्स, लुम्बिनी ‘बी’ र पिस प्वाइन्ट पनि जित निकाल्न सफल भए। यता केब्स र इस्टपोल कलेजले भने बाई पाएर दोस्रो चरणको यात्रा तय गरे। प्रतियोगिताअन्तर्गत शनिबार नै क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू सञ्चालन हुनेछन्।

प्रकाशित: ११ माघ २०७६ ०१:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App