coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रको हितमा एमसिसी पास हुन्छ : दाहाल

फाइल तस्बिर

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रहितलाई सर्वोपरी राखेर मात्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पारित गर्न सकिने बताएका छन्। उनका अनुसार एमसिसीबारे पार्टी सचिवालय र स्थायी कमिटी बैठकमा पर्याप्त छलफल भएकाले राष्ट्रिय हितअनुकूल हुनेगरी संसद्बाट अनुमोदन गर्न सकिन्छ। उनले भने, ‘राष्ट्रहितमा कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गर्नेछाैँ।’

नवलपुरमा शुक्रबार पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले एमसिसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इन्डो– प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताए। एमसिसी इन्डो–प्यासिफिक रणनीतिकै अंग भएको भन्दै नेकपाका केही नेताले सो सम्झौतामा प्रश्न उठाएका छन्। यो विषय सबै स्पष्ट भएपछि मात्र टुंगिने उनले बताए।

एमसिसीबारे पछिल्लो समय काठमाडौंस्थित अमेरिकी दूतावासले १०बुँदे स्पष्टीकरण दिएको छ। त्यसलाई पनि छलफल र विचार गरेर नेपालको हितमा निर्णय गर्ने सोच रहेको दाहालको भनाइ छ। ‘आजभोलि सामाजिक सञ्जालमार्फत नभएको कुरा पनि भयो भनेर हल्ला गरिन्छ। यस्तो कार्यले कार्यकर्तामा कन्फ्युज र निरास उत्पन्न गराउँछ। यसप्रति सतर्क रहन र पार्टी निर्णयलाई कार्यान्वयन गर्न एकताबद्ध हुनुपर्छ,’ दाहालले भने।

प्रकाशित: ११ माघ २०७६ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App