coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खेर गएका फोहोरबाट बनाएका आकर्षक सामानहरुको प्रदर्शन

काठमाडौ- भक्तपुरको एभरेष्ट इंग्लिश स्कुलको आयोजनामा वेष्ट फ्रम वेष्ट (खेर गएका वस्तुबाट राम्रा सामानको उत्पादन) इक्जिविशन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। खेर गएका वस्तुहरुबाट ससाना विद्यार्थीहरुले बनाएका आकर्षक सामानहरुको प्रदर्शनी गरिएको हो। खेर गई सडकमा समस्याको रुपमा फाल्नु पर्ने प्याष्टिकलगायतका वस्तुहरुबाट विद्यार्थीले बनाएका आकर्षक वस्तुहरुको एकदिने प्रदर्शनी गरिएको हो।

स्कुलका अनुसार स्कुलका एक हजार भन्दा बढी विद्यार्थीले बनाएका एक हजार भन्दा बढी आइटमको प्रदर्शनी गरिएको हो। साथै स्कुलका शिक्षक, अभिभावकले पनि विद्यार्थीसँग मिलेर बनाएका विभिन्न सामानहरुको प्रदर्शनी गरिएको जनाएको छ।

विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले खेर जाने वस्तुहरु बजारमा फाल्नु अगाडी ससाना विद्यार्थीले दस पटक सोचुन् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष वर्षमा एक पटक प्रदर्शनी गर्दै आएको जनाए। यसले विद्यार्थीमा क्रियटिभिटी क्यापासिटी बढ्ने विश्वास पनि उनले लिए। साथै यसले वातावरण प्रदूषणमा पनि सहयोग मिल्ने उनको विश्वास छ।

खेर गएका वस्तुहरुबाट विद्यार्थीले उपयोगी आकर्षक सामानहरु बनाएका थिए। घरमा लगाउने जुता, चकटी, डालो, व्याग, ढकनी, फुलदानी, फोटो फ्रेम, मिनी वास्केटवल, फूल, कप, पुतलीलगायतका उपयोगी समान बनाएका थिए। साथै उनीहरुले सजाउने नमूना घर, खेलौना गाडी, बोटल, पेन्सिल वक्सलगायतका सामान बनाएका थिए।

प्रदशर्नी संयोजक एवं स्कुलकी शिक्षिका चण्डेश्वरी हाछेथूले प्रदर्शनीको एक हजार पाँंच सय भन्दा वढीले अवलोकन गरेको जनाइन्। यसले फाल्नुपर्ने फोहोरबाट मोहर बनाउने सन्देश पुगेको विश्वास लिइन्।

 

प्रकाशित: १० माघ २०७६ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App