coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जलेर एकल महिलाको मृत्यु

लहान- सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब दुई लाख मूल्य बराबरको क्षति भएको छ। अचानक विद्युत भार कटौती भएर आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु भएको र उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए।

सोही आगलागीमा परी घरमा रहेको फर्निचर, फ्रिज, खाद्यान्न लगायतका समानसमेत जलेर नष्ट हुँदा करिब दुई लाख रुपैयाँको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिइएको थियो। रासस

प्रकाशित: १० माघ २०७६ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App