८ वैशाख २०८१ शनिबार
खेल

सानिया मिर्जाको डबल्स

भारतीय खेलाडी ३३ वर्षीया सानिया मिर्जा बिहे गरेपछि मैदानबाट गायब भएकी थिइन्। गएको साता भएको होबार्ट इन्टरनेनसलमा महिला डबल्स उपाधि जितेपछि भने पुनः चम्किएकी छन्।

पाकिस्तानीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी एक सन्तानकी आमासमेत बनिसकेकी छन्। सन्तान जन्मिएपछि उनको यो पहिलो खेल थियो। यस खेलमा उनले युक्रेनी खेलाडी नादिया किचेनोकसँग मिलेर चिनियाँ जोडीलाई हराउन सफल भएकी थिइन्।

सानियाको यो २४ औं डब्ल्युटिए डबल्स उपाधि हो। शनिबार सम्पन्न फाइनल खेलमा इन्डो–युक्रेनी (सानिया–नादिया) जोडीले दोस्रो वरियता प्राप्त चिनियाँ जोडी झाङ सुई र पेङ सुईलाई एक घण्टा २१ मिनेट लामो खेलमा ६–४, ६–४ ले पराजित गरेको थियो।

 

प्रकाशित: १० माघ २०७६ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App