coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रेडक्रसले जित्यो, ब्याडमिन्टनको उपाधी

बाजुरा- मार्तडीमा जारी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी जिल्ला रेडक्रसको टिमले हात पारेको छ। फाइनलमा मालिका नमुना माविलाई ३–१ को सेटमा पछि पार्दै रेडक्रसले उपाधी आफ्नो पोल्टामा पारेको हो। पहिलो सेटमा २१–१५ को अन्तरले जितेको मालिकाले दोस्रो सेटपछि खेल आफ्नो पक्षमा राख्न सकेन।

जीतको दावेदार मानिएको मालिकालाई रेडक्रसले सजिलै जित निकाल्न सफल भयो। खेल जेबी मिडीया प्रालिले चौथो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको हो। सामाजिक उत्तरदायित्व स्वरुप जेबीले स्थापना दिवसमा कुनै रचनात्मक र सामाजिक सेवाका काम गर्दै आएको छ।

उपाधी जितेको रेडक्रसले थ्री स्टार र्याकेट, कप, तुम्लेट, मेडल, प्रमाण पत्रसहित २० हजार बराबरको पुरस्कार हात पारेको छ। विजेतालाई जिल्ला समन्वय समिति प्रमुख एवं खेल समापन समारोहका प्रमुख अतिथि नरेन्द्रकुमार रोकायाले ट्रफिसहितको पुरस्कार सामाग्री हस्तान्त्रण गरेका हुन्।

विजेता रेडक्रसको टिममा रेडक्रस मन्त्री रमबहादुर शाही र बडिमालिका नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश रावल थिए। रावल आफैमा ब्याडमिन्टन तर्फका राष्ट्रिय खेलमा समेत भाग लिइसकेका खेलाडी हुन्। उपविजेता बनेको मालिका नमुना माविमा पनि रुपक रौले र जनकराज जैशी सहभागी थिए।

रौले बाजुरा क्याम्पसका उपप्रध्यापक हुन् भने जैशी मालिका माविका शिक्षक हुन्। उपविजेताले र्याकेट, कप, ट्रफीसहित १४ हजार बराबरको पुरस्कार जितेका छन्। पहिलो खेलकै जस्तो लय सम्हाल्न नसकेपछि मालिका नमुना मावि खेलमा फर्किन सकेन र रेडक्रसले मालिकालाई दोस्रो खेल पछिका सबै खेलमा दबावमा राख्यो।

खेल क्षेत्रमा युवा आकर्षण बढाउन र खेल क्षेत्रको विकासमा प्रतियोगिताले सकारात्म सन्देश प्रवाह गरेको विजेता टिमका खेलाडी एवं वडा अध्यक्ष प्रकाश रावलले बताए। माघ ५ गतेदेखि औपचारिक रुपमा सञ्चालन गरिएको खेलमा २० टिम सहभागी थिए।

व्यवसाय आम्दानी र नाफा कमाउने उद्देश्यले मात्र नभई सामाजिक उत्तरदायि भावनाले पनि गर्न सक्नुपर्छ र समाज विकासको जिम्मेवारी सबैको समान हो, भन्ने मान्यताका साथ खेल आयोजना गरिएको सञ्चालक एवं कार्यकारी प्रबन्धक झरेन्द्र ओलीले बताए।

जेबीले यस अघि विपन्न विद्यार्थीलाई छात्रवृत्ति, असाहयलाई वार्षिक पढाई खर्च, विरामीलाई कम्बल सहयोग जस्ता कार्य गर्दै आएको छ। व्यापारी नाफाका लागि मात्र हुन् भन्ने मान्यतालाई चुनौति दिँदै, जेबीले समाज प्रतिको दायित्व बोध गरेकोमा कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाले प्रशंसा गरे।

जेबी मिडियाले देखाएको समाज प्रतिको उत्तरदायित्व बोध नै व्यवसायिक सफलताको पाटो बनेकोले निरन्तरता दिन सक्नुपर्नेमा नेकपाका सचिव भरत बुढाले जोड दिएका छन्। जेबी मिडियाबाट अन्य व्यापारीले पनि सिक्न जरुरी रहेको काँग्रेस नेता देवबहादुर रोकायाले बताएका छन्। जिल्ला भेटेरीनरी अस्पतालका सिद्धराज जैशीले खेल क्षेत्रका विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

जेबीले आगामी दिनमा पनि खेलकुद आयोजना र सामाजिक सेवाको कार्यलाई निरन्तरता दिने बताएको छ।
 

 

प्रकाशित: १० माघ २०७६ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App