८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिवेदन बुझ्न आग्रह गर्दै दाहाललाई पत्राचार

प्रधानमन्त्री दाहाल

काठमाडौं— स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझिदिन औपचारिक रुपमा पत्र बुझाएको छ। सरकारले आयोगले तयार पारेको प्रतिवेदन बुझ्नको लागि प्रधानमन्त्रीलाई समय माग्दै सोमबार पत्र पठाएको हो।

‘संविधान अनुसार स्थानीय तह पुनःसंरचना आयोगले संख्या र सीमाना निर्धारण गरेर युनिटहरुको नाम, केन्द्र र वडा विभाजन सहितको प्रतिवेदन सरकारलाई बुझाउन तयार पारेको छ। प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री ज्यूको समय मिलाइदिन अनुरोध छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका अध्यक्ष बालानन्द पौडेलको हस्ताक्षरमा पत्र पठाई समय मागेको छ । एक हप्ता अगाडि आयोगका अध्यक्ष पौडेलले प्रधानमन्त्रीलाई भेटी समय मागेका थिए। अहिलेसम्म सरकारको तर्फबाट आयोगको प्रतिवेदन बुझ्ने नबुझ्ने विषयमा खबर नभएको आयोगले बताएको छ।

पत्रमा लेखिएको छ, ‘संविधान अनुसार स्थानीय तह पुनःसंरचना आयोगले संख्या र सीमाना निर्धारण गरेर युनिटहरुको नाम, केन्द्र र वडा विभाजन सहितको प्रतिवेदन सरकारलाई बुझाउन तयार पारेको छ। प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री ज्यूको समय मिलाइदिन अनुरोध छ।’

 

प्रकाशित: ११ पुस २०७३ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App