६ वैशाख २०८१ बिहीबार
कला

मिटु आरोपितविरुद्ध अनुसन्धान सुरू

न्युयोर्क – हलिउडका फिल्म निर्माता हार्बे विन्स्टनविरुद्ध न्युयोर्कस्थिच अदालतमा दर्ता भएको बलात्कार र यौन दुव्र्यवहारको विचाराधीन मुद्दाको अनुसन्धान सुरू भएको छ। संसारभर चलिरहेको मिटु आन्दोलनको लागि महत्वपूर्ण मानिने उनविरुद्धको मुद्दामा वकिलहरूले पीडितलाई बोलाएर अनुसन्धान सुरू गरेका छन्। सो अनुसन्धान हुनुअघि उनीविरुद्ध मुद्दा दर्ता गराउने पीडितको पक्षमा समर्थनहरूले प्रदर्शन गरेका थिए।

उनीविरुद्ध मुद्दा दर्ता गराएकी मेगन हास्टले सात पुरुष र पाँच महिलाहरूको वकिल समूहमा बोल्दै हलिउडमा राज गरेका फिल्म निर्माता विन्स्टन ‘एक बलात्कारी’ समेत भएको बताएकी थिइन्। ‘यो उनको सहानुभूतिको अभावका लागि हो। उनी उत्तरदायी हुनुपर्दछ,’ उनले भनिन्।

निर्माता विन्स्टनका वकिल डेमोन चेरोनिसले आरोपको प्रतिकार गर्दै इमेल, फोन र अन्य कागजपत्र लगायतको प्रयोग गरेर योजनावद्ध रूपमा प्रहार गरेको बताएका थिए। मिटु अभियानअन्तर्गत शक्तिशाली पुरुषले गरेको यौन दुराचारविरुद्ध एकजुट भएर पीडितहरूले दुई वर्षभन्दाअघि निर्माता विन्स्टनविरुद्ध बलात्कार र दुव्र्यवहारको मुद्दा दर्ता गराएका थिए। निर्माता विन्स्टनका वकिलहरूले मिटु अभियानलाई सक्रिय गराउन खोज्दाको परिणाम स्वरूप मुद्दालाई चित्रण गरिएको दाबी गरेका थिए। निर्माता विन्स्टनले सहमतिमा यौन सम्पर्क राखिने कुरामा जोड दिएका थिए। दोषी ठहरिएमा उनले जेलमा जीवन बिताउनु पर्नेछ।

केही दिनअघिमात्र पनि उनीलाई फेरि बलात्कार र यौन दुव्र्यवहारको आरोप लागेको थियो। सन् २०१३ मा दुई दिनको अवधिमा एक महिलालाई बलात्कार र अर्कीलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए।

लस एन्जलस काउन्टी जिल्लाकी अधिवक्ता ज्याकी लेसीले विज्ञप्तिमार्फत फिल्म निर्माता हार्बे विन्स्टनले पद र शक्तिको दुरुपयोग गर्दै पीडित महिलाहरूलाई बलात्कार र यौन हिंसा गरेको आरोपहरूको सामना गनुपर्ने जनाएकी थिएन्। सोही प्रकारको आरोपसम्बन्धी फौजदारी मुद्दाको पेशीमा न्युयोर्क अदालत उपस्थित भइरहेका उनीविरुद्ध
हलिउडका प्रभावशाली निर्माता विन्स्टनले शक्तिको दुरुपयोग गर्दै धेरै महिलाहरूलाई यौन हिंसा र बलात्कार गरेको समाचार सन् २०१७ मा

न्युयोर्क टाइम्स र द न्युयोकरले प्रकाशन गरेको थियो। मिटु अभियानको दौरान ८० भन्दा बढी महिलाहरूले उनीविरुद्ध बलात्कार र दुव्र्यवहार गरेको आरोप लगाएका छन्। सो घटनाहरू बाहिरिएलगत्तै अस्कर अवार्डको आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेजले उनलाई बोर्डको सदस्यबाट बर्खास्त गरेको थियो। सन् २०१७ मा उनीविरुद्ध न्युयोर्क र लस एन्जलसमा पीडित महिलाहरूले यौन शोषण र बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेका थिए।

प्रकाशित: १० माघ २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App