४ वैशाख २०८१ मंगलबार
राजनीति

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

सर्लाही– नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

नेपालतर्फ सर्लाहीको भाडसर, सक्रौल, फुलपरासी, सुन्दरपुर, बेल्ही गाविस डुबानमा पर्ने र भारततर्फ  सितामाढीको छोटी भाडसर, खाप, भलुअहा डुबानमा पर्दै आएकाले दुबैतर्फ नदी नियन्त्रणका लागि एकै साथ पहल हुनेपर्ने विषयमा छलफल भएको तराइ मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री एवम् सांसद जंगीलाल रायले बताए।  

‘भारततर्फ लखनदेहीले डुबान हुने क्षेत्रमा बाँध निर्माण प्रक्रिया अगाडी बढाएपछि छलफल आयोजना गरिएको हो,’ सांसद रायले भने, ‘भारततर्फ बाँध बनेपछि नेपाली भूमि डुवानमा पर्न सक्छ। बाँध निर्माण दुवैतर्फ एकै साथ हुनुपर्छ । भारत सरकाले नेपाल तर्फ बाँध बनाउने सहमति भए पनि प्रक्रिया अगाडि बढाएको छैन।’

कार्यक्रममा सहभागी भारतीय बिजेपी विधायिका गायत्री देवी यादवले समस्या समधानका लागि दुवै देशले संयुक्त रुपमा अगाडी बढ्नु पर्ने बताए। नदी नियन्त्रणका लागि केन्द्र सरकारसँग माग गर्ने विधायिका यादवले प्रतिबद्धता जनाए।

भारतमा हुँदै आएको समस्यालाई कम गर्नका लागि भारतीय सरकारले नदीलाई नयाँ धारबाट पुरानो धारमा फर्काउन धार खन्ने काम (उडाही) काम गर्दै छ। नदीलाई पूरानो धारमा लानका लागि भारतीय पक्ष भारतमा प्रवेश गर्ने गाउँ छोटी भाडसरमा तटबन्ध गर्दैछन्।

बैठकमा नदी नियन्त्रण सँगै, बोर्डर सुरक्षा र लागु औषध नियन्त्रणको विषयमा समेत छलफल भएको छ। दैनिक उपभोग्य समान लिएर आउँदा भारतीय सुरक्षा निकायले नेपालीलाई गर्ने व्यवहार र भारतीय बजारबाट नेपालतर्फ आउने गरेको लागु औषध नियन्त्रणका लागि भारतीय पक्षले पहल गर्नुपर्ने नेपालका सांसदले आग्रह गरेका थिए।

बैठकमा नेपालतर्फबाट तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद राय, तमलोपाका महामन्त्री जंगीलाल राय, भारतीय विधायिका गायत्री देवी यादव र पूर्व विधायक रामनरेश राय सहभागी थिए ।

प्रकाशित: ११ पुस २०७३ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App