क्यानइन्फोटेक मेला २०७६

सूचना प्रविधि विकासको लागि अनिवार्य : पूर्वराष्ट्रपति यादव

बिहिबार, ०९ माघ २०७६, २० : ३३ रितेश त्रिपाठी

वीरगन्ज- वीरगन्जमा बिहीबार दोश्रो प्रदेशस्तरिय क्यानइन्फोटेक मेलाको उद्घाटन भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।

माघ १३ गतेसम्म क्यानइन्फोटेक मेला २०२० वीरगन्जको नगर सभागृहमा सुरु भएको हो। पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिहीबार एक कार्यक्रमबीच मेलाको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले वर्तमान युग सूचना प्रविधिको भएको भन्दै विकासको लागि आजको युगमा यो अनिवार्य सरह भएको बताए। सूचना प्रबिधिको विकास, प्रवद्र्धधन र सुधारका लागि क्यानले पछिल्लो समयमा सह्रानीय काम गरिरहेको बताए। सूचना प्रविधिसँगै केही विकृति समेत भित्रिएकोले यसप्रति सचेत हुन आवश्यक रहेको उनले बताए। आइटी क्षेत्रमा सक्रिय रहेकाहरुले यसको न्यूनिकरण गर्न अग्रसर हुनुपर्ने उनले सुझाव समेत दिए।

आर्थिक तथा व्यपारिक नगरी वीरगन्जमा र प्रदेश २ मा प्रविधिमैत्री वातारण सृजना गर्नका लागि क्यानले दोस्रो पटक यहाँ प्रदेशस्तरीय आइटी मेला गर्न लागेको आयोजक क्यानइन्फोटेक महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले बताए। २७ वर्ष अगाडी स्थापित क्यानलाई पछिल्लो मुलुकको संरचना अनुसार हरेक जिल्ला र तहसम्म विस्तार गरी सूचना प्रविधिमा सहयोग गर्ने र उपलब्धि हासिल गराउने तर्फ क्यान अगाडी बढेको उद्घाटन समारोहमा बोल्दै कुँवरले दावी गरे।

सूचना प्रविधि क्षेत्रमाकाम गर्नेहरुको लागि नेपालमा कुम्भ मेला भनिने ‘क्यान इन्फोटेक’ वीरगन्जमा आयोजित मेलामा यसपटक आईटिसँग सम्बन्धित विभिन्न ६० वटा स्टल राखिएको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए। प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुट र आफरहरुको समेत व्यवस्था गरिएको छ।

मेलाको मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन्। पाँच दिनसम्म चल्ने क्यानइन्फोटेक २०२० वीरगंजमा हरेक दिन फरक विषयमा जानकारी मुलक कार्यशाला र अन्तरक्रिया समेत आयोजन हुने क्यान पर्साका अध्यक्ष साहले बताए। इन्फोटेक मेलामा आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, ई–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टरर रोजगार केन्द्र मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन्।

 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad