राष्ट्रियसभा निर्वाचन

प्रदेश १ मा नेकपाका उम्मेदवार विजयी

बिहिबार, ०९ माघ २०७६, १९ : ५५ विनोद सुवेदी

विराटनगर- राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ मा तीनै जना नेकपाका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवारहरू गोपी अछामी, इन्दिरादेवी गौतम र देवेन्द्र दाहाल विजयी भएको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तिर्थ अधिकारीका अनुसार दलिततर्फका उम्मेदवार अछामिले ६ हजार ३ सय ३० मतभार ल्याएका छन्। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका निरबहादुर विकले २ हजार ७ सय १८ र समाजवादीका ज्ञानबहादुर परियारले २ सय ६४ मतभार ल्याएका छन्।

यस्तै महिला तर्फ निर्वाचित इन्दिरा गौतमले ६ हजार ४ सय २६ मतभार  ल्याएकी छिन्। उनकी निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी मिना पुलामी मगरले २ हजार ६ सय २२ र समाजवादीकी कमला वडाइले २ सय ६४ मतभार ल्याएकी छिन्। यस्तै अन्यतर्फबाट विजयी  देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मतभार ल्याएर विजयी भएका छन्।

यस्तै उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन्। प्रदेश सभाको बिहीबार सम्पन्न निर्वाचनमा अन्य तर्फ प्रदेशसभा सदस्यको एक मत बदर भएको छ। निर्वाचनमा प्रदेश सभातर्फ ९३ मध्ये ९२ मत खसेको थियो। यस्तै स्थानीय तह तर्फको २ सय ७४ मध्ये २ सय ७२  मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ।

मतदान नगर्नेमा प्रदेशसभा सदस्य गुलेफुन खातुन, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा र संखुवासभा सिलिचोङ गाउँपालिका उपाध्यक्ष लालकुमारी राई मतदानमा सहभागी भएनन्।

 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad