४ वैशाख २०८१ मंगलबार
समाज

स्थानीयको विरोध पछि भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेजको काम अवरुद्ध

महोत्तरी- स्थानीयको विरोध पश्चात निर्माणाधिन भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेज अन्तर्गतको सडक निर्माण कार्य अवरुद्ध भएको छ।

चार लेनको सडक निर्माण गर्न दुई वटा प्याकेज तोकेर निर्माण कार्य शुरु भएको उक्त सडकको छेउबाट गहिरो खाल्डो खनेर सडक भर्ने कामको स्थानीयले विरोध गरे पछि दुई नम्वर प्याकेज पिपरादेखि भिट्टामोड सम्मको काम पाँच दिनदेखि अवरुद्ध हुन पुगेको हो।

सडक निर्माणका लागि माटो भर्ने बाहिरबाट माटो ल्याउनु पर्नेमा ठकेदार कम्पनीले स्थानीय प्रशासन संग मिलोमतो गरि सडक छेउैबाट ८ फिट सम्म गहिरो खाल्डो खनेर धमाधम सडक भर्न थालेपछि स्थानीयहरुले शुरुमै विरोध जनाएका थिए। तर स्थानीय प्रशासन र ठेकेदार दुवैले स्थानीयको गुनासोलाई नसुनिदिएपछि बाध्य भएर स्थानीयहरुले काममा अवरोध श्रृजना गर्न थालेपछि पाँच दिनदेखि दुई नम्वर प्याकेजको काम रोकिन पुगेको छ। प्याकेज नं. १ जनकपुर देखि पिपरा सम्मको सडकको काम भने सूचारु रहेको छ।

ठेकेदार कम्पनिले सर्वसाधारणलाई ओझेलमा पारेर सडक निर्माणको लगत स्टिमेट र नेपाल सरकार र ठेकेदार कम्पनीबीच सडक बनाउन पालना गर्नु पर्ने मापदण्डवारे जानकारी सार्जनिक नै नगरि हचुवामा काम शुरु गरेपछि बाध्य भएर विरोधमा उत्रेको जलेश्वर नगरपालिका १७ परिकौलिका स्थानीय अनिल झाले बताए।

 ‘हामी सडक निर्माणको विरोधी होईनौ तर सर्वसाधारणलाई मर्का पर्ने गरि नियम विपरित गएर गहिरो खाल्डो खन्ने कार्यको विरोध गरेका छौं ’ स्थानीय झाले भने ‘ठेकेदारले जतिवेलै हामीलाई सडक वनाउने वारे यथार्थ जानकारी दिन्छ हामी त्यति वेलैदेखि काम गर्न दिन्छौं। ’

पहिले भारतीय सहयोगमा निर्माण हुने क्रममा पनि वाहिरबाट माटो ल्याएर सडक भर्ने काम भएको थियो तर अहिले आएर यो ठेकेदारले मन परि गर्दै सडक छेउमै नहर जस्तै खाल्डो खन्नु गलत कार्य भएको पिगौना घर भएका स्थानीय श्रीनारायण ठाकुरले बताए।

स्थानीयहरुको पटक पटकको प्रयास र आमरण अनसन सम्मको आन्दोलन पश्चात गएको भदौं २४ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रमेश लेखकले उक्त सडक निर्माण गर्न शिलान्यास गरेर सडक निर्माणको विधिवत शुरुवात गरेर गएका थिए।

स्थानीयहरुको दवाव पश्चात भारत सरकार जिम्मामा निर्माण कार्य हुने उक्त सडकलाई नेपाल सरकारले आफनै लगानीमा निर्माण गर्ने निर्णय गर्दै भिट्टामोड–जलेश्वर– जनकपुर सडक निर्माण गर्न ठेक्केदार छनौट गरि काम गर्ने सम्झौता गरेका थिए।

नेपाल सरकारले १८.५६ किमिको उक्त सडक दुई प्याकेजमा निमार्ण हुने र त्यसका लागि प्योकज नम्वर १ अन्तर्गत जिरोमाईल देखि ९ किलामिटर सडक श्री प्रतिभा वाई पि जे.भीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर भ्याट सहितमा ठेक्का सम्झौता गरेको र प्योकज नम्वर २ मा ९ किलोमिटरदेखि १८.५६ किलोमिटर सम्म श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैयाँ भ्याट सहित बजेट निकासा भई ठेक्का सम्झौता गरेको थियो।

 

 

प्रकाशित: ११ पुस २०७३ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App