७ वैशाख २०८१ शुक्रबार
खेल

भुटान विरुद्ध नेपालको ८ गोल

काठमाडौं-  चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सिलगुडिमा आज भएको भुटान  विरुद्धको खेलमा नेपाल ८-० गोल अन्तरले विजयी भयो।

नेपालको जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक पुरा गर्दा कृष्णा खत्री र शर्मिला थापाले समान एक–एक गोल गरेका थिए। खेलको पाँचौ मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिलाइन्। त्यसको ४ मिनेट पछि नै भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्वर पारेकी थिइन्। खेलकाे २३ मिनेटमा भण्डारीले खेलको पहिलो ह्याट्रिक पुरा गरेकी थिइन्। २५ औं मिनेटमा शर्मिला थापा र ३५ औं मिनेटमा भण्डारीले गोल गर्दा नेपालले पहिलो हाफमा ५-० को अग्रता लिएको थियो। खेलको दोस्रो हाफमा पनि आफ्नो दवाव कायम राखेको नेपालका लागि सावित्राले ७२ औं र ७६ औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गरेकी थिइन्। ९० औं मिनेटमा कृष्णा खत्रीले थप १ गोल गर्दा ८-० को फराकिलो जित हात पार्‍यो। 

प्रकाशित: ११ पुस २०७३ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App