८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने

भक्तपुर- भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीका लागि एक सय ५७ सदस्यीय वार्षिकोत्सव तयारी समिति गठन गरिएको छ। वार्षिकोत्सव मुल उपसमिति, प्रचारप्रसार, बुलेटिन प्रकाशन, मञ्च तथा टेण्ड व्यवस्थापन, छपाई, सचिवालय व्यवस्थापनलगायतका २१ वटा उपसमितिहरु गठन गरिएका छन्।

कलेजका प्राचार्य रुपक जोशीले प्रदर्शनको करिब १० हजारले अवलोकन गर्ने अपेक्षा राखेका छन्। प्रत्येक वर्ष हुँंदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करिब आठ हजारले अवलोकन गरेको उनले स्मरण गरे। प्रदर्शनी अवलोकन गर्न काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिरबाट पनि अवलोकनकर्ता विद्यार्थी आउने गरेको उनले जनाए। यो पटक पनि प्रवेश निःशुल्क हुने उनले बताए।

प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थी सहभागी हुने उनले बताए। उनका अनुसार  विद्यार्थीले बनाएका सयौं स्टलहरु राखिने छन्। प्रदर्शनी भक्तपुर नगरपालिका वडा नं ६ देकोमामा रहेको कलेजको प्रांगनमा हुने बताइएको छ। प्रदर्शनी क्षेत्र ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ।

प्रदर्शनीको पूर्वसन्ध्यामा भक्तपुर जिल्लास्तरीय विभिन्न प्रतियोगिताहरु समेत माघ ११ गतेदेखि हुने जनाइएको छ। कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबीच बक्तृत्वकला, चित्रकला, हाजिरी जवाफ, बास्केटवल प्रतियोगितासँगै विभिन्न आन्तरिक प्रतियोगिताहरु पनि गरिने कलेजले जनाएको छ।

 

प्रकाशित: ९ माघ २०७६ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App