राष्ट्रियसभा निर्वाचनको मतदान जारी

बिहिबार, ०९ माघ २०७६, १४ : ३१ नागरिक

पोखरा- राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ। आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदाता मतदान गरिरहनुभएको छ। मतदानका लागि गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट अधिकांश मतदाता बुधबार नै आइसकेका थिए।
    
राजनीतिक दललेसमेत आफू निकट मतदातालाई अनिवार्यरुपमा निर्वाचनमा सहभागी बन्न निर्देशन दिइसकेका छन्। गण्डकीमा ‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख १७० गरी २३० मतदाताले भाग लिनेछन्। निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए।    
    
प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ। प्रदेशसभाको दुई हजार ८८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार गण्डकीमा छ।    
    
निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँगे्रसले ‘अन्य समूह’ र ‘महिला समूह’दुवै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले ‘अन्य समूह’ तर्फमात्र उम्मेदवारी दिएको छ। नेकपाबाट पार्टीका केन्द्रीय सचिवलाय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार हुनुहुन्छ। काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ। जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार छन्।    
    
जनकपुरधाम : प्रदेश नं २ मा निर्धारित समयदेखि मतदान शुरु भएको छ। महेन्द्रनारायण संस्कृति केन्द्र जनकपुरको परिसरस्थित मतदान केन्द्रमा मुख्यमन्त्री लालबाबु राउतले मतदान गरे। मतदान गर्न प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य र स्थानीय तहका नगरपालिकाका प्रमुख उपप्रमुखका साथै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित हुनुहुन्छ। मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ।    
    
उक्त प्रदेशमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार १३६ र स्थानीय तहका मतदाता २७२ को मतभार चार हजार ८९६ हुन्छ। यस प्रदेशमा कूल मतभार १० हजार ३२ हुन्छ। चार राष्ट्रियसभा सदस्यका लागि हुन गइरहेको सो निर्वाचनमा आठ जना चुनावी प्रतिस्पर्धामा छन्।    
    
घोराही : राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश ५ को मतदान अहिले दाङमा चलिरहेको छ। राष्ट्रियसभा सदस्यलाई मतदान गर्नका लागि अहिले प्रदेशका १२ जिल्लाका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदान प्रक्रियामा भाग लिइरहेका छन्।    
    
दाङ देउखुरी जिल्ला अदालतका प्रमुख एवं मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ। थापाका अनुसार ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरिरहेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसबाट तीन/तीन जनाले प्रतिस्पर्धा गर्नेछन् भने समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक जनाले प्रतिस्पर्धा गर्नेछन्।    
    
प्रदेश नं ५ मा नेकपाले अपाङ्गबाट जगप्रसाद शर्मा, महिला सदस्य विमला घिमिरे र अन्यबाट गोपाल भट्टराई चुनावी मैदानमा उतारेको छ। काँग्रेसले महिला सदस्यमा गिरीजादेवी न्यौपाने, अल्पसङ्ख्यक सदस्यमा मेहराज अहमद हलुवाई र अन्यबाट बालकृष्ण पाण्डेलाई उम्मेदवार बनाएको छ। समाजवादी पार्टीबाट अल्पसङ्ख्यक सदस्यमा सुनिल सिंघल र अन्यबाट कृष्णप्रसाद यादव छन्। यस्तै राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल उम्मेदवार रहेका छन्। उनका अनुसार निर्वाचनमा प्रदेशसभाका ८७ सदस्यको ४१७६ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ को ३९२४ रहेको छ।    
    
डोटी : राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम बिहान १०बजेदेखि यहाँ शुरु भएको छ। मतदान कार्यक्रममा सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी कूल २२९ मतदानमा सहभागी रहेका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए।
    
राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त रहेको दुई पदमध्ये एक महिला तथा एक पुरुषको उम्मेदवारी रहेको मुख्य निर्वाचन आयोगको कार्यालयले जनाएको छ। दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।    
    
सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अछामका तारामान स्वाँर, कैलालीकी शारदा भट्ट र नेपाली काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताव ठगुन्नाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए।    
    
 विराटनगर : राष्ट्रियसभाको तीन पदका लागि आज शुरु भएको निर्वाचनमा प्रदेश नं १ मा अहिलेसम्ममा कूल ३४९ मत खसिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। स्थानीय तहबाट १३० महिलासहित २६५ र प्रदेशसभाका सदस्यतर्फ २९ महिलासहित ८४ ले मतदान गरिसकेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए।    
    
मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सभामुख प्रदीप भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले मतदान गरिसकेका छन्।  रासस




यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad