coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुशासनको सवालमा प्रहरी अगाडी : प्रहरी प्रमुख खनाल

नयाँ भवन उद्घाटनमा बाेल्दै प्रहरी प्रमुख खनाल । तस्बिर: दिनेश/नागरिक

रोल्पा- नेपाल प्रहरी प्रमुख सर्बेन्द्र खनालले प्रहरीभित्रको ठेकेदारी प्रथालाई हटाईएको बताएका छन्। जिल्ला प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उनले भने ‘सुशासनको सवालमा नेपाल प्रहरी अग्र भागमा छ। यहाँको नयाँ सुन्दर भवन जस्तै सेवा पनि सुन्दर र छरितो हुनुपर्छ।’

आफू प्रहरी प्रमुख भएपछि संगठनभित्र आमुल परिवर्तन गरेको बताउदै उनले भने ‘देशमा शान्ती सुरक्षामा धेरै सुधार भएको छ। सुरक्षाको सवालमा नैराश्यता राख्नुपर्ने अवस्था छैन।’ नेपालको प्रहरी देशको परिबेश अनुसारको भएको बताउदै खनालले भने ‘बिकसित देशमा सुबिधा सम्पन्न प्रहरी छ र पनि त अपराध भएकै छ।’

उनले रोल्पामा जस्तै देशै भर प्रहरी दरबन्दी र युनिटहरु कम भएको जानकारी पाएको बताउदै समाधान गरिने बताए। भवन उद्घाटनपछिको औपचारीक कार्यक्रममा बोल्दै लामो समय आफूले सुधार गरेका विषयमा बोलेका खनालले प्रहरी र नागरिकबीचको सम्बन्धबाट नै शान्ती सुरक्षा कायम हुने बताएका थिए।

२०७५ साल मंसिर १६ गते ३ करोड ७५ लाख ५१ ह्जारमा संझौता भएको १९ कोठे भवन निर्माण भईसकेको छ भने अन्य हिरासत भवन, भान्सा घर र अफिसर क्वाटर पनि निर्माणाधिन अवस्थामा रहेको छ।

 

प्रकाशित: ९ माघ २०७६ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App