coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा 'कोरोना भाइरस' का कारण १७ को मृत्यु, वुहानमा बस, रेल र विमानस्थल बन्द

वुहान - चिनमा अहिलेसम्म कोरोना भाइरसका कारण १७ जनाभन्दा बढीकबो मृत्यु भैसकेको छ भने ५०० भन्दा बढी केशहरु दर्ता गरिएका छन्। वुहानबाट उडने विमान से वा बन्द गरिउको छ भने रेल सेवा समेत बन्द छ। मानिसहरुलाई बिनाकारण घर नछोड्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ प्रमुख टेड्रोस एडेनहम गेब्रेकियसले यो रोगलाई ग्लोबल हेल्थ इमरजेंसीको लागि खतरा घोषणा गर्ने विचार गरिरहेका छन्।

यातयात बन्द भएपछि डब्लुएचओका प्रमुखले बताए कि यो कदमले चिनमा  मात्र होइन विदेशी मुलुकहरुमा पनि भाइरसको संक्रमण फैलन कम हुनेछ। चिनमा हजारौं मानिस यसको चपेटामा परेका छन्। कोरोना भाइरस सर्वप्रथम वुहान शहरमा ३१ डिसेम्वरमा देखा पर्यो। कोरोना भाइरस सार्स जस्तै हुने कारण पनि बढी खतरा हुने गर्दछ।
सार्स भाइरसले २००२ , २००३ सम्ममा हकमा लगभग ६५० ब्यत्तिको ज्यान गएको थियो। कोरोनालाइ पनि सार्सकै सूचीमा राखिएको छ।

चीनमा नयाँ वर्ष मनाउन लाखौं व्यक्ति यस हप्ता भ्रमण गर्देछन्। राष्ट्रिय स्वास्थ्य आयोगले एयरपोर्ट, बस अड्डाहरू, रेलगाडीहरूमा भएका व्यक्तिहरूको छानबिन गरिरहेको छ। कोरोना भाइरसका केशहरु बेइजिंग संघाई साथै उत्तर पुर्व र मध्य दक्षिण चिनबाट पत्ता लागेको हो। यसको किटाणु मकाउ, दक्षिण कोरीया, ताइवान अमृरिका र थाइल्यान्डमा पनि देखा परेको छ।

यो भाइरस जनावरबाट फैलिएको अनुमान गरिएको छ।    लन्डनदेखि मस्कोसम्मको एयरपोर्टहरूमा पनि अनुसन्धान भइरहेको छ। डब्ल्यूएचओले पुष्टि गरेको छ संक्रमित व्यक्तिहरूको संपर्कमा पर्दा यो फैलिन सक्छ।  रोग नियन्त्रण र रोकथामका लागि चीनका केन्द्रका निर्देशक गाओ फूले भने यस रोग जंगली जनावरहरू अवैध रूपमा व्यापार गरिन्छ त्यँहीबाट आएको हो।  हङकङ र व्रिटिसका बैज्ञानिक भन्छन् कि यो रोगले १३०० देखी १७०० ब्यत्ती संक्रमित छन्। स्वास्थ्य अधिकारीले बताए कि नियमित रुपमा हात धुने, भिडभाडमा मास्क लगाएर हिड्ने जसले गर्दा संक्रमणबाट बच्न सकिन्छ।

प्रकाशित: ९ माघ २०७६ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App