coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुखको पहलमा सात दलको बैठक जारी

सभामुखकाे पहलमा बसेकाे प्रमुख सात राजनीतिक दलकाे बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–सभामुख ओनसरी घर्तीको पहलमा संसदमा प्रनिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल केन्द्रित छ। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले संसद अबरोध गर्दै आएका छन्।

प्रतिपक्षले सरकारले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध जारी राख्ने विपक्षी दलले निर्णय गरेका छन्। लगातार संसद अबरोध हुँदा अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल अलपत्र गरेको छ। सरकार संशोधन प्रस्ताव फिर्ता नलिने र प्रतिपक्ष फिर्ता नलिएसम्म सदन चल्न नदिने अडानमा बसेपछि सभामुखले सहमतिको प्रयास थालेकी हुन्।

यसअघि पनि प्रमुख तीन दलका शीर्ष नेतासँग परामर्श गरेकी सभामुखले सहमति हुन नसकेपछि पुन प्रयास गरेकी हुन्। राजनीतिक गतिरोध अन्त्य गर्न भन्दै बिहीबार सूचना टाँसेर शनिबारसम्म स्थगित संसद बैठक पुन स्थगित भएको छ।

सभामुख घर्तीले दलहरुले सहमतिकालागि समय  मागेपछि पुस ७ को बेठक स्थगित गरेर आइतबारकालागि डाकेकी थिइन्। आइतबारको बैठकपनि सहमतिकालागि भन्दै शनिबार साँझ सूचना टाँसेर स्थगित गरिएको थियो। अर्को मंगलबार बोलाइएको छ।  सभामुखले बोलाएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक र तमलोपाका नेता सहभागी छन्।

 

प्रकाशित: ११ पुस २०७३ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App