coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमसिसीको डिपीआर सार्वजनिक गर्न माग

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) परियोजनाको डिपीआर सार्वजनिक गर्न माग गरेका छन्। पुष्पलाल मित्रता केन्द्रले सि चिनफिङका संकललित रचना भाग–१ र २ विमोचन कार्यक्रममा बुधबार बोल्दै उनले चीनले अघि सारेको बिआरआई योजना बिफल तुल्याउन ल्याएको एमसिसी परियोजनाको डिपीआर सार्वजनिक गर्न माग गरेका हुन्।

राजधानीमा केन्द्रले चिनियाँ राष्ट्रपति चि चिनफिङको रचनाबारे अन्तक्र्रिया एवं विमोचन कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, देव गुरुङ, लिलामणि पोखरेल जगन्नाथ खतिवडालगायतका नेताले बेल्ट एण्ड रोड इनेसिटिभ (बिआरआइ) र इन्डो–प्यासिफिक स्ट्राटेजीअन्र्तगत रहेको मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी)बारे आफ्ना धारणा राख्दै नेताहरूले डिपिआर सार्वजनिक नभई एमसिसी पास गर्न नहुने धारणा राखेका थिए।

कार्यक्रममा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले नेपालको सन्दर्भमा सि चिनफिङको विचार अनुशरण गर्न सके राम्रो हुने धारणा व्यक्त गरेका थिए। न्यौपाने उत्पादन वृद्धि, उत्पादनको बजारीकरण र व्यवस्थापन गर्न सके मात्र पनि मुलुक समृद्धिको मार्गमा अघि बढ्ने बताएका थिए। त्यस्तै सोही कार्यक्रममा स्थायी कमिटी सदस्य देव गुरुङले पनि सी रचना पढ्दा नेपालको सन्र्दभमा त्यहाँको जस्तो अर्थ व्यवस्था कसरी लागू गर्न सकिन्छ भनेर सोच्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा लिलामणि पोखरेल र केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले भने चिनियाँ रेल रोक्न एमसिसी परियोजना लागू गर्न खोजिएको बताए। चीनले सन् २०१३ बाट सुरु गरेको बिआरआइ योजना विफल तुल्यााउन अमेरिकाले इन्डो–प्यासिफिक स्ट्राटेजी सुरु गरेको बताउँदै उनीहरूले एमसिसी अहिले त्यसैको अंगको रूपमा अघि बढाउन खोजिएको उनीहरुको तर्क थियो।

पोखेरलका अनुसार उनले पूर्व–पश्चम राजमार्ग केन्द्रित गरेर विद्युत् प्रशारण लाइन निर्माण गरिएको र मुजफ्फपुर–ढल्केबर प्रशारण लाइन बनिरहेको सन्दर्भ कोट्याउँदै अहिले एमसिसी परियोजनामार्फत बन्न लागेको ४०० केभी प्रशारण लाइनको औचित्य नरहेको बताए। उनले एमसिसी परियोजनाले अहिलेसम्म डिपिआर (विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक) नगरेको बताउँदै नेपालले माग्नुपर्ने बताए। त्यसैगरी खतिवडाले पनि सो रणनीतिअन्र्तगत आएको परियोजना नेपालको हितमा नभए स्वीकार गर्न नहुने बताउादै केही सर्त खारेज गर्नुपर्ने धारणा राखे। कार्यक्रममा कृष्ण पन्थी र ममता गिरीले पनि आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ९ माघ २०७६ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App