८ वैशाख २०८१ शनिबार
राजनीति

छुट्टिएको १४ महिना पछि दाहाल र भट्टराईले एउटै मञ्चबाट भने: हामी अहिले पनि मिल्न चाहन्छौं

भक्तिप्रसाद पाण्डेको जीवनयात्रा समेटिएको किताब 'चाचा'को लोकार्पण समारोहमा प्रधानमन्त्री दाहालल र भट्टराई। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जीवनका तीन दशक कम्युनिष्ट आन्दोलमा सँगै विताए। दुवैले २५ बर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। तर गत बर्ष असोज देखि दुवै अलग भएका छन्। २०७२ असोज ९ गते भट्टराईले तत्कालिन एनेकपा माओवादीबाट अलग भएको घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेका छन्। १० बर्ष लामो 'जनयुद्ध'का योजनाकार रहेका यी दुई नेता अलग भएको १४ महिना पछि सोमबार एउटै मञ्चमा देखा परे।

दिवंगत सांसद भक्तिप्रसाद पाण्डेको जीवनयात्रा समेटीको पुस्तक 'चाचा' को दाहाल र भट्टराईले संयुक्तरुपमा लोकार्पण गरे। पाण्डे नेकपा माओवादी केन्द्रका सांसद थिए। उनको अघिल्लो महिना क्यान्सरका कारण निधन भएको थियो। 'जनयुद्ध' मा हतियार सप्लाईको भूमिका निभाएका पाण्डे दाहाल र भट्टराई दुवैका विश्वासिला मानिन्थे। उनकै कारण दुई नेता अलग भएको १४ महिना पछि एउटै मञ्चमा देखिएर आफुहरु एक हुन सक्ने संकेत दिए।

दाहालले विगतका कुरा समिक्षा गरेर एकै ठाउँमा 'स्पेस' खोज्न जरुरी भएको धारणा राखे। स्पेसको लागि पहल गर्न जरुरी भएको बताउँदै उनले भने, 'देशको परिस्थितिले पनि हामीलाई एकै ठाउँमा आउन बाध्य बनाउँदै छ।'

हामीसँगै नभएको भए जनयुद्ध सम्भव थिएन: प्रधानमन्त्री

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु र भट्टराई एक अर्कालाई आरोपित गर्ने भन्दा पनि समिक्षा गर्नु पर्ने बताए। '२५ बर्ष एउटै कमिटीमा रहेर ३० बर्ष संगत भयो,' दाहालले भने, 'हामी एक अर्कालाई जति धेरै बुझ्छौं त्यो अरुले बुझ्न सक्दैनन् यसकारण आरोप प्रत्यारोप भन्दा पनि हामीबीच समिक्षा हुन जरुरी छ।' भट्टराई र आफुसँगै नभएको भए जनयुद्ध सम्भव नहुने दहालले बताए। 'हामीसँगै नभएको भए जनयुद्ध पनि सम्भव थिएन र युद्धको अन्त्य पनि असम्भव थियो' प्रधानमन्त्रीले भने, 'बाबुराम जी र म एक अर्काको जड होइन पुरक भएको प्रमाणित भएको छ।'

दाहालले विगतका कुरा समिक्षा गरेर एकै ठाउँमा 'स्पेस' खोज्न जरुरी भएको धारणा राखे। स्पेसको लागि पहल गर्न जरुरी भएको बताउँदै उनले भने, 'देशको परिस्थितिले पनि हामीलाई एकै ठाउँमा आउन बाध्य बनाउँदै छ।' हामी इमान्दार हौं भने फेरी एकै ठाउँमा उभिनु पर्ने दाहालको भनाई छ। भट्टराई र आफ्नो आफ्नै नजिककाहरुको कारणले पनि सम्वन्ध विगारेको दाहालले बताए। 'नजिककाहरुबाट उहाँ पनि प्रभावित हुनु भयो म पनि भएँ', दाहालले भने। आफु र भट्टराई अलग हुँदा परिवर्तन खतरामा परेको उनले बताए।

'हाम्रो पुरक भूमिका थियो तर यसलाई स्विकार गरिएन', उनले भने, 'हिजो पनि यसलाई उचालियो र आज पनि आफ्नो स्वार्थ अनुरुप भनिदै आएको छ।'

प्रचण्ड र म जनयुद्धका पुरक: भट्टराई

कार्यक्रममा बोल्दै भट्टराईले दाहाल र आफु जनयुद्धको पुरक भएको बताए। तर यसलाई स्विकार गर्न हिच्किचाउने गरिएको उनले बताए। 'हाम्रो पुरक भूमिका थियो तर यसलाई स्विकार गरिएन', उनले भने, 'हिजो पनि यसलाई उचालियो र आज पनि आफ्नो स्वार्थ अनुरुप भनिदै आएको छ।'

दाहालसँग आफ्नो अहिले पनि सौहार्दपूर्ण सम्वन्ध भएको बताउँदै उनले दुईबीच बैचारिक मत भिन्नता मात्र भएको स्पष्ट पारे। 'अहिले पनि कमरेड प्रचण्डले भन्नु भयो, 'तपाईले अलिकति हतार गर्नु भयो', मैले भने, 'म त्यहीँ भएको भए तपाईलाई गाह्रो पर्थ्यो, हाम्रो सम्वन्ध यस खालको छ' भट्टराईले भने।

आफुहरु अहिले पनि मिल्न चाहेको भट्टराईले बताए।  'हामी अहिले पनि मिल्ल चाहन्छौ, भोली पनि मिल्न सक्छौं', उनले भने 'साथीहरु रुपान्तरण हुनु भयो भने भोली फेरी एकै ठाउँमा हुन सक्छौं।' भट्टराईले नयाँ आधारमा रुपान्तरण सहित अघि बढ्न सकिने बताए।

 

प्रकाशित: ११ पुस २०७३ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App