८ वैशाख २०८१ शनिबार
खेल

जितगढी क्रिकेट क्लब विजयी

म्यान अफ द म्याच जितगढीका सन्दिप सुनारलार्ई रुपन्देही क्रिकेट संघका सदस्य खेमराज भुषालले पुरस्कृत गर्दै ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको बुधबार सम्पन्न गु्रप सी अन्तर्गतको खेलमा जितगढी क्रिकेट क्लब बेलबास विजयी भएको छ। देवदह क्रिकेट युनिटलाई ११६ रनले पराजित गर्दै जितगढी क्रिकेट क्लब विजयी भएको हो।

टस जितेर व्याटिङ रोजेको जितगढी क्रिकेट क्लबले निर्धारित ३२ ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पाएको देवदह क्रिकेट युनिटले लक्ष्य पुर्‍याउन नसकेपछि हार व्योहोर्नु पर्‍यो।

जितगढी क्रिकेट क्लबलगि सन्दिप सुनारले सर्वाधिक ५४ बलमा ४८, सरोज पौडेलले ३५, महेश रानाले २७ रनको योगदान गरे। बलिङ तर्फ देवदह क्रिकेट युनिटका सुरज दरईले ३, विकास श्रेष्ठले २ एवं गौतम के.सी. र हेमराज पौडेलले १र१ विकेट लिए।

जवाफमा खेल्दै देवदहले २२ दशलमव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५६ रन मात्र बनायो। जसका लागि प्रेम श्रेष्ठले सर्वाधिक २३, खोम पाण्डेले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सफल भएनन्। बलिङतर्फ जितगढीको सन्दिप सुनार र अनिल खरेलले ३÷३ विकेट लिए भने अर्जुन गिरीले २ र विक्रम भुसालले १ विकेट लिए।

बुधबार भएको खेलमा जितगढीका सन्दिप सुनार म्यान अफ द म्याच भए। उनलार्ई रुपन्देही क्रिकेट संघका सदस्य खेमराज भुषालले नगद एक हजार रुपैयाँ र सिल्डसहित पुरस्कृत गरे।

बुद्धबार मौसम खराबीका कारण खेल ढिलो सूरुवात भएकोले ३२ आभेर खेल खेलाइएको थियो। बिहीबारको खेल गु्रप बी अन्तर्गतको तिरुपति क्रिकेट क्लब भैरहवा र न्यू होराइजन क्रिकेट क्लब बुटवलबीच बिहान ८ बजेर ३० मिनेटमा सिद्धार्थ रंगशालामा सुरु हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको रुपन्देही प्रिमियर लिगमा २० क्लब प्रतिस्पर्धी रहेका छन्। १२ क्लबबीच लिग चरणको खेल भइरहेको रुपन्देही क्रिकेट संघले जनाएको छ।

विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले ८० हजार नगद, उपविजेताले ४० हजार नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडसीलाई १५ हजार, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार पुरस्कार पाउने छन् भने म्यान अफ द म्याचले १ हजार पाउने छन्।
 

प्रकाशित: ८ माघ २०७६ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App