coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीद्वारा ५० किलो गाँजा बरामद

बरामद गाँजा सार्वजनिक गर्दै सशस्त्र एसपी गाहारधन राई । तस्बिरः महेश्वर

उदयपुर- उदयपुर सशस्त्र प्रहरी बलले ठूलो परिणामको अवैध लागुऔषध गाँजा बरामद गरेको छ। गोप्य सुराकीको आधारमा गएको सशस्त्र प्रहरी बल बोक्से गणको टोलीले उदयपुर र सप्तरी जिल्लाको सिमाना नजिक जिल्लाको उदयपुरगढी गाउँपालिका ७ कोलटेबाट ५० केजी गाँजा बरामद गरेको हो।

बुधबार बिहान २ बजे बरामद गरेको सदरमुकामदेखि झण्डै ६० किलोमिटर टाढाबाट टोलीले बरामद गरेको गाँजा २५÷२५ किलोका २ वटा बोरामा ५० किलो रहेको सशस्त्र प्रहरी बल ५ नं. गणपति एसपी गाहारधन राईले बताए। उनले सप्तरीतर्फ अवैध गाँजा ओसारपासार भईरहेको गोप्य सूचना पाएपछि टोली परिचालन गर्दा उदयपुरबाट सप्तरी जाने जंगलमा लगिरहेको गाँजा भेटेर बरामद गरेको उनले बताए।

गाँजा बोक्ने समूह भने प्रहरीलाई देख्नेवित्तिकै फरार भएकाले कोही पक्राउ नपरेको उनले बताए। बरामद गाँजा गणले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। गाँजा बोक्ने र अगाडि पछाडि सुराकी गरी ४/५ जनाको समूह प्रहरीलाई देख्नेबित्तिकै बोकिराखेको गाँजाको बोरा बाटैमा फालेर भागेकाले पक्राउ गर्न नसकिएको उनले बताए। रातिको समय भएकाले फरार तस्करको खोजी गर्न नसकिएको एसपी राईले बताए।
 

प्रकाशित: ८ माघ २०७६ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App